PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भारतीय गृहमन्त्री शाहद्वारा रामायणलाई भारतीय संस्कृतिको राजदूतको संज्ञा, 'यससँग विश्वका सबै समस्याहरुको समाधान छ'



भारतीय गृहमन्त्री शाहद्वारा रामायणलाई भारतीय संस्कृतिको राजदूतको संज्ञा, 'यससँग विश्वका सबै समस्याहरुको समाधान छ'
फोटो :AMIT SHAH TWITTER

नयाँ दिल्ली: भारतका गृहमन्त्री अमित शाहले रामायणसँग विश्वका सबै समस्याहरुको समाधान रहेको बताएका छन्।

भारतमा जारी पाँचौं अन्तर्राष्ट्रिय रामायण महोत्सवमा बोल्दै शाहले भने,' रामायण भारतीय संस्कृतिको दशौं पुरानो सम्पत्ती हो। यसले विश्वका सबै समस्या समाधान गर्न सक्छ।'

रामायणलाई भारतीय संस्कृतिको राजदूतको संज्ञा दिँदै शाहले उनले रामायणले धर्म, संस्कृति, भाषा र देशको सीमाहरुलाई नाघेर आदर्श जीवनको सन्देश दिएको बताए।

 

रामायण महाऋषी बाल्मिकीको अनुपम कृति भएको भन्दै उनले यसबाट मानिसले जीवनको आदर्श र मूल्य मान्यबारे थाहा पाउने बताए। रामायणबाट जीवनका उतावचढावको पाठ सिक्दै नैतिकता र आचरणका प्रश्नउत्तरबारे ज्ञान हासिल गर्दै गाह्रो परिस्थितिको सामना गर्न सक्ने उनको तर्क थियो।

पाँच वर्षदेखि निरन्तर संचालन भइरहेको अन्तर्राष्ट्रिय रामायण महोत्सवको मुख्य उद्देश्य भारतीय संस्कृतिलाई विश्वमाझ पुर्‍याउनु रहेको बताइएको छ। तीन दिन चल्ने महोत्सवमा १७ देशका प्रतिनिधिले उनीहरुको भाषामा रामायणको बारेमा चर्चा गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell