PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

बसले ठक्कर दिँदा एक मोटरसाइकल चालकको मृत्यु



रासस

बसले ठक्कर दिँदा एक मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर : बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ गुलरिया बजार नजिक आज ना ५ ख २०७३ नम्बरको बस र से ७ प ५३२६ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदाँ मोटरसाइकल चालक धनगढी उप महानगरपालिका-१० का २६ वर्षीय रञ्जित रानाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइल सवार १५ वर्षीय रञ्जेश्वरी राना गम्भीर घाइते भएका छन्।

कैलालीको अत्तरियास्थित पदमा अस्पतालमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि भारततर्फ लगिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताए।

बस र बसका चालक दाङ जिल्ला शान्ति नगरपालिका-३ का ३६ वर्षीय रुपलाल खड्कालाई इप्रका झलारीले नियन्त्रणमा लिएको छ। शवको स्वास्थ्य परीक्षणका लागि सेती अञ्चल अस्पताल धनगढीमा लगिएको छ।

मोटरसाईकलले सडक पार गर्ने क्रममा तीव्र गतिमा रहेको बसले ठक्कर दिँदा दुर्घटना भएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell