PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कपनमा एक महिला मृत अवस्थामा फेला, अनुसन्धानको क्रममा दुई जना पक्राउ



पहिलोपोस्ट

कपनमा एक महिला मृत अवस्थामा फेला, अनुसन्धानको क्रममा दुई जना पक्राउ

काठमाडौं : कपनमा एक महिला आफ्नै कोठाभित्र मृत अवस्थामा फेला परेकी छिन्।

कपनको तेन्जिङ चोक नजिकै रहेको घरमा डेरा गरी बस्ने कपिलवस्तु घर भएकी ५५ वर्षीय कमला कार्की मृत अवस्थामा फेला परेकी हुन्। कोठाभित्र हात र मुख सलले बाँधिएर मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी रमेश सिंहले जानकारी दिए। ‘मृत्यु श‌ंकास्पद देखिएको छ। अनुसन्धानमा बाँकी केही खुल्दै जान्छ,‘ डिएसपी सिंहले भने।

मृतक महिला केही समयदेखि किराना तथा रक्सी पसल गर्दै आएकी थिइन्। कोठामा उनी मात्र एक्लै बस्ने गरेको देखिएको छ। दोस्रो विवाह गरेकी कार्कीका श्रीमानको बारेमा प्रहरीले कुनै जानकारी पाएको छैन। ‘दोस्रो विवाह गरेको बुझिएको छ। उनका श्रीमान् कहिलेकाहीँ मात्र कोठैमा आउने गरेको देखियो,‘ डिएसपी सिंहले भने।

प्रहरीले घटनाको अनुसन्धानको क्रममा एक महिला र पुरुषलाई नियन्त्रणमा लिएको छ। उनीहरू राति सँगै बसेको खुलेको कारण अनुसन्धानको लागि नियन्त्रणमा लिएको हो। प्रहरीले मृतकले मोबाइल प्रयोग गर्ने गरेको तर घटनास्थलबाट मोबाइल फेला नपर्नुले थप शंका पैदा  गरेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell