PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

साफ यू १८ः नेपाली टोलीको कप्तानी जय गुरुङ्ले गर्ने, उपकप्तानमा नितिन थापा



पहिलोपोस्ट

साफ यू १८ः नेपाली टोलीको कप्तानी जय गुरुङ्ले गर्ने, उपकप्तानमा नितिन थापा
फोटाेहरु एन्फा

काठमाडाै‌ं:  असोज ३ गतेबाट सुरु हुने दक्षिण एसियाली खेलकुद अन्तर्गतको साफ यू १८ मा नेपाली टोलीको कप्तानी जय गुरुङले गर्ने भएका छन्। त्यस्तै नेपाली टिमको उपकप्तान नितिन थापा रहने नेपाली टोलीका प्रतिक्षक चेत बहादुर श्रेष्ठले जनाएका छन्।

खेलाडीहरुका लागि एन्फाले आज मोटिभेसनल सेसन राखेको थियो। जसमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष उपेन्द्रमान सिंह, महासविच इन्द्रमान तुलाधर लगायतले मन्तव्य राखेका थिए।

प्रतियोगिताका सबै खेल हल्चोकस्थित एपिएफको रंगशालामा सम्पन्न हुने छन्।

प्रशिक्षक श्रेष्ठले मंगलबार नेपाली टोलीको घोषणा गरेका थिए। पोखरामा आठ दिन लामो अभ्यासपछि मुख्य प्रशिक्षक श्रेष्ठले नेपाली टोलीको घोषणा गरेका हुन्।

गोलकिपर रोहित कार्की र मिडफिल्डर दिपेश गुरुङ भने टोलीमा पर्न सकेनन्। उनीहरु अन्तिम छनोटबाट बाहिरिएका हुन्।

साफ यू १८ मा नेपालको पहिलो खेल असोज ३ गते माल्दिभ्सविरुद्ध हुनेछ। त्यस्तै, दोस्रो खेलमा नेपालले ५ गते भुटानसँग प्रतिस्पर्धा गर्ने छ। प्रतियोगितामा नेपाल समूह 'ए' मा रहेको छ।

समूह 'ए' मा नेपालसहित भुटान र माल्दिभ्स रहेका छन्। यता समूह 'बी'मा भने बंगलादेश, भारत र श्रीलंका रहेका छन्। प्रतियोगिता असोज ३ गतेदेखि १२ गतेसम्म सशस्त्र प्रहरीको मैदानमा हुनेछ।

तेस्रो संस्करणको रुपमा आयोजना हुन गइरहेको उक्त प्रतियोगिताको नेपाल साबिक विजेता हो। नेपालले पहिलो र दोस्रो संस्करणमा नै भारतलाई पराजित गर्दै उपाधि हात पारेको थियो।

यस्तो छ नेपाली टिम :

गोलकिपर : विशाल सुनार, सूर्य अधिकारी, पूजन होना

डिफेन्डर :  विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नवीन गुरुङ, रोशन दोङ, एलिक रुम्बा, अन्जल महर्जन

मिडफिल्डर : शिशिर लेखी, रोशन राना मगर, आकाश बूढा मगर, जय गुरुङ, मनिष थापा, कुशल फुँयाल, नितिन थापा

फरवार्ड : ब्रिजेस चौधरी, सचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डाँगी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell