PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

चिकित्सा शिक्षामा अब कसैको दवाव चल्दैन : प्रम ओली



पहिलोपोस्ट

चिकित्सा शिक्षामा अब कसैको दवाव चल्दैन : प्रम ओली
फोटो : प्रमको सचिवालय

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगले कसैको प्रभाव वा दबाबमा काम गर्न नहुने बताएका छन्। आयोगको बैठकलाई आज बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विगतमा कतिपय कामहरु दबाब, भावना र अन्य प्रकारका सम्बन्धले भएकाले त्यस प्रकारको कमजोरी अब दोहोरिन नहुने बताए।

आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने, 'यस आयोगलाई प्रभावित पार्ने हैसियत कसैको हुँदैन। यसले स्वायत्त ढंगले काम गर्छ। देशको आवश्यकता अनुसार काम गर्नु पर्दछ।'

ओलीले नेपालमा ७० प्रतिशत प्राविधिक धारको शिक्षा हुनुपर्ने समेत बताए।

'हाम्रो शिक्षा साक्षर बनाउने खालको मात्र होइन, जीवन उपयोगी बनाउनु पर्दछ,' प्रधान मन्त्रीओलीले भने, 'विगतमा शैक्षिक संस्थाको संख्या हेरियो तर गुणस्तर हेरिएन। तर, अब त्यस्तो हुँदैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell