PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

च्याम्पियन्स लिगः पिएसजीसँग रियाल मड्रिड पराजित, युभेन्टस बराबरीमा रोकियो



पहिलोपोस्ट

च्याम्पियन्स लिगः पिएसजीसँग रियाल मड्रिड पराजित, युभेन्टस बराबरीमा रोकियो

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा पेरिस सेन्ट जर्मेन पिएसजीले रियाल मड्रिडमाथि सहज जित निकालेको छ। स्टार खेलाडीहरु किलियन एम्बापे, नेइमारलगायतका खेलाडीबिनै उत्रेको पिएसजीले बलियो प्रतिद्वन्दी रियाल मड्रिडमाथि जित निकालेको हो।

एञ्जेलो डि मारियाको २ गोलमा पिएसजीले स्पेनिस क्लब रियालमाथि ३–० को सहज जित हात पार्‍यो।  खेलको १४ औं मिनेटमै डि मारियाले खेलमा अग्रता बनाए।

त्यस्तै, ३३ औं मिनेटमा उनले फेरि अर्को गोल थप्दा पिएसजी पहिलो हाफमा २–० ले अघि रह्यो। फेरि दोस्रो हाफको अन्तिम समयमा थोमस म्युनेरले गोल गर्दा पिएसजीले मर्डिडमाथि ३–० को जित निकाल्न सफल रह्यो।

युभेन्टस बराबरीमा रोकियो
च्याम्पियन्स लिग अन्तर्गत गएराति नै भएको अर्को खेलमा एथ्लेटिको मर्डिड र युभेन्टस बराबरीमा रोकिएका छन्।

अन्तिम समयमा सम्हालिन नसक्दा युभेन्टसले अंक बाँड्न परेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफको सुरुमै जुआन क्वाड्राडोले युभेन्टसलाई अग्रता दिलाएका थिए। त्यस्तै ६५ र्औ मिनेटमा व्लाइज माट्युइडीले गोल गर्दा युभेन्टसले २–० अग्रता बनाएको थियो। तर, उसले अग्रता जोगाएर राख्न भने सकेन।

खेलको ७० औं मिनेटमा एथलेटिकोका लागि सेभिकले गोल फर्काए। त्यस्तै खेलको अन्तिम मिनेटमा एथ्लेटिकोका हेरेराले गोल गर्दा खेल बराबरीमा पुगेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell