PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सिंगापुरमा हुने टी २० सिरिजका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा, दीपेन्द्र उपकप्तानको भूमिकामा



पहिलोपोस्ट

सिंगापुरमा हुने टी २० सिरिजका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा, दीपेन्द्र उपकप्तानको भूमिकामा

काठमाडौं : सिंगापुरमा आयोजना हुने टी २० त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ। यसपटक टिममा पहिलाभन्दा धेरै परिवर्तन गरिएको छ। यसपटक  खेलाडीहरु उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी जस्ता नियमित खेलाडीहरु टिममा छैनन्। त्यस्तै, नेपाली टोलीको उपकप्तानमा दीपेन्द्र सिंह ऐरी रहने छन्।

बन्द प्रशिक्षणपछि पारस खड्काको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो। नेपाली क्रिकेट टिमका प्रशिक्षक उमेश पटवाल, आइसिसीका प्रतिनिधि अनिमुल इस्लाम र कप्तान पारस खड्काको टोलीले नेपाली टिमको छनोट गरेको हो।

आज घोषणा गरिएको टिममा दुई नयाँ अनुहारहरु पनि रहेका छन्, जसमा इसान पाण्डे र कुशल मल्ल रहेका छन्।

नेपालले सिंगापुरमा आयोजकसँगै टेस्ट राष्ट्र जिम्बाबेसँग त्रिकोणात्मक टी २० सिरिज खेल्ने छ। नेपालले असोज १० गते जिम्बावेसँग खेल्ने छ। त्यस्तै, आयोजक सिंगापुरसँग ११ गते प्रतिस्पर्धा गर्ने छ। सिरिजमा शीर्ष २ टोलीले फाइनल खेल्नेछन्।

नेपाल यो सिरिज सकिएपछि ओमान प्रस्थान गर्ने छ, जहाँ ओमानसहित आयरल्यान्ड, हङ्कङ् र नेदरल्यान्डसँग टी २० सिरिज खेल्नेछ।
 

आज घोषणा भएको नेपाली टिम
पारस खड्का (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), इशान पाण्डे, कुशल मल्ल, सोमपाल कामी, करण केसी, सन्दीप लामछाने, ललितनारायण राजवंशी, आरिफ शेख, सन्दीप जोरा, विनोद भण्डारी, रोहितकुमार पौडेल, सुशन भारी, पवन सर्राफ, अभिनाश बोहोरा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell