PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक र राहदानी विधेयकको संशोधन स्वीकृत



पहिलोपोस्ट

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक र राहदानी विधेयकको संशोधन स्वीकृत

काठमाडौं : राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ र राहदानी विधेयक २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन सर्वसम्मत स्वीकृत भएको छ। 

राष्ट्रिय सभाबाट गरिएको संशोधन सहित यी दुई विधेयक बिहीवारको प्रतिनिधिसभा बैठकले सर्वसम्मत स्वीकृत भएको हो।

गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।

छलफलमा कुनै पनि सांसदले भाग नलिएपछि विधेयक सर्वसम्मत स्वीकृत भएको सभामुख कृष्णबहादुर महराले घोषणा गरेका थिए। 

त्यस्तै राहदानी विधेयकमा राष्ट्रिय सभाबाट भएको संशोधन सर्वसम्मत स्वीकृत भएको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राहदानी विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।

विधेयकमाथि कांग्रेस सांसद पुष्पा भुषाल र नेमकिपाका सांसद प्रेम सुवालले छलफलमा भाग लिएका थिए। दुवै जना सांसदले अफिसियल र डिप्लोमेटिक पासपोर्ट दुरुपयोग रोक्ने प्रावधान विधेयकमा राख्न माग गरेका थिए।

परराष्ट्रमन्त्री ज्ञवालीले विधेयकमा केही गम्भीर अपराधको अभियोग लागेका व्यक्तिहरुका कारण अरु धेरै मानिस प्रभावित हुने भएकाले त्यसै अनुसारको व्यवस्था गरिएको बताए। उनले कूटनीतिक राहदानी पाउने अधिकारीले नै विचार गर्नुपर्ने बताएका थिए।

मन्त्री ज्ञवालीको जवाफपछि सभामुख महराले विधेयक सर्वसम्मत स्वीकृत भएको घोषणा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell