PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

'सप्तरङ्ग'को दोस्रो संस्करणका लागि कलाकार चयन



'सप्तरङ्ग'को दोस्रो संस्करणका लागि कलाकार चयन

सांगीतिक कार्यक्रम ‘सप्तरङ्ग’ को दोश्रो संस्करण आयोजना हुने घोषणा गरिएको छ। गृष्मा ब्रोर्डकास्टिङले आयोजना गर्ने कार्यक्रमका लागि कलाकारहरु पनि चयन भइसकेका छन्। अभिनेता राजेश हमाल, गायक सुगम पोखरेल, गायिका मेलिना राई, हिमाल सागर, प्रकाश सपुत र रवि ओडले कार्यक्रममा प्रस्तुति दिनेछन्।

कलामार्फत् विभिन्न सन्देश प्रवाह गर्नु यो सांगीतिक कार्यक्रमको मुख्य उदेश्य हो। यस वर्ष आयोजकले पर्यटन प्रवर्धन र समुन्नतिलाई केन्द्रमा राखेको छ। पहिलो सिजनमा सद्भाव र ऐक्यवद्धताको सन्देश लिएर सातवटा प्रदेशमा कार्यक्रम आयोजना भएको थियो।

आउँदो नोभेम्बर दोस्रो साताबाट सातै प्रदेशमा सुरु हुने कार्यक्रमले पर्यटन वर्ष २०२० मा योगदान पुर्‍याउने उद्देश्य राखेको आयोजक गृहेन्द्र घिमिरेले बताए। 'यो वर्ष सातैवटा प्रदेशका पर्यटकिय स्थानको प्रवर्धन र सम्भावनाको खोजी गर्नेछौं', घिमिरेले भने।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell