PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

साहिद अफ्रिदीले विराट कोहलीलाई ‘महान खेलाडी’ भनेपछि...



पहिलोपोस्ट

साहिद अफ्रिदीले विराट कोहलीलाई ‘महान खेलाडी’ भनेपछि...

पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान साहिद अफ्रिदीले भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले तीन फर्माटकै क्रिकेटमा औषत् ५० भन्दा माथि पुर्‍याएकोमा महान खेलाडी भएको बताएका छन्।

विराट कोहलीले मोहलीमा भएको दक्षिण अफ्रिका विरुद्धको खेलमा दोस्रो टी २०मा ७२ रन बनाएका थिए। यो सँगै कोहलीको टी २०, एकदिवसीय र टेस्ट क्रिकेटमा औषत ५० भन्दा माथि रहेको छ।

कोहलीलाई बधाई दिँदै आइसिसीले गरेको ट्वीटलाई रिट्वीट गर्दै अफ्रिदीले भनेका छन्, ‘विराटलाई बधाई। विराट एक महान क्रिकेटर हौ। सफलता हासिल गर्दै दुनियाँ भरका क्रिकेट प्रशंसकहरुलाई मनोरञ्जन गराउँदै जानु।’

कोहलीको टी २० मा ५०.८३ को औषत छ। त्यस्तै एकदिवसीय क्रिकेटमा ६०.१३ तथा टेस्टमा ५३.१४ को औषत रहेको छ।

पछिल्लो समय भारतले धारा ३७० हटाएसँगै अफ्रिदी भारतप्रति आक्रामक देखिएका थिए। उनले भारतसँग युद्धको विषयमा पनि विवादस्पद भनाइ राखेका थिए। सन् २०१७ मा विराट कोहलीले अफरिदीको च्यारिटी फाउन्डेसनका लागि आफ्नो अटोग्राफ भएको ब्याट पठाएका थिए, जसका लागि अफरिदीले उनलाई धन्यवाद दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell