PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

राष्ट्रपति र प्रधानमन्त्रीका लागि किनेको १ अर्ब ७० करोडको हेलिकप्टर काठमाडौंमा



पहिलोपोस्ट

राष्ट्रपति र प्रधानमन्त्रीका लागि किनेको १ अर्ब ७० करोडको हेलिकप्टर काठमाडौंमा
एडब्लु (अगष्टा वेस्टल्याण्ड)-१३९

काठमाडौं : नेपाली सेनाले भिभिआइपीका लागि खरीद गरेको हेलिकोप्टर अगस्टा काठमाडौं अवतरण गरेको छ। १ अर्ब ७० करोड रुपैयाँमा किनेको हेलिकोप्टर राष्ट्रपति र प्रधानमन्त्रीको उडानमा प्रयोग हुनेछ।

एडब्लु(अगष्टा वेस्टल्याण्ड)-१३९ मोडलको हेलिकोप्टरको कलसाइन ९ एन-आरएम हो।

'अहिले हेलिकोप्टर आइसकेको छ। हेलिकोप्टर नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत दर्ता हुनेछ। प्राधिकरणकै नियम अनुसार यसको मेन्टिनेन्स र एयर वर्दिनेसका काम हुनेछ,' नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने।

हेलिकोप्टर उडानका लागि इन्स्ट्रक्टर पाइलट केही दिनमा आइपुग्ने प्रवक्ता पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार हेलिकोप्टर दर्ताको प्रक्रियाका लागि प्राधिकरणमा पत्राचार भइसकेको छ।

१५ सीट क्षमता रहेको यो ट्विन इन्जिन हेलिकोप्टर विश्वभर भिआइपी, कर्पोरेट, फायर फाइटिङ, उद्दारलगायत प्रयोजनमा प्रयोग हुँदै आएको छ। यो हेलिकोप्टर इटालीको लियोनार्दो कम्पनीले उत्पादन गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell