PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

संविधान संशोधनबारे सरकारका प्रवक्ता : खाइपाइ आएको सत्ता गुमेपछि संविधान च्यात्न परेन?



पहिलोपोस्ट

संविधान संशोधनबारे सरकारका प्रवक्ता : खाइपाइ आएको सत्ता गुमेपछि संविधान च्यात्न परेन?
फोटो : नविन पौडेल/रासस

काठमाडौं : सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले संविधान संशोधन अहिलेको आवश्यकता नभएको बताएका छन्।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा आज सिंहदरबारमा उनले पुष्टि भएमामात्र संविधान संशोधान हुने बताए।

बास्कोटाले अहिले संविधान कार्यन्वयनलाई प्राथमिकतामा राख्नुपर्ने तर्क गरे।

'जे अघि बढेको छ त्यसरी नै अघि बढ्छ। क्रमश कार्यन्वयनमा जानुपर्छ,' सञ्चारकर्मीले संविधान संशोधनबारे सोधिएको प्रश्नको जवाफमा भने, 'कसले कतिखेर सपना देख्छ त्यतिबेला संशोधन गर्नुपर्‍यो भनेर भएन नि।'

मन्त्री बास्कोटाले खाइपाइ आएको सत्ता गुमेपछि संविधान च्यात्न लागेको आरोपसमेत लगाए। उनले भने, 'खाईपाई आएको सत्ता गुमेकालाई यो संविधान च्यात्नै परेको छ नि। कसका लागि किन कुन धारा किन संशोधन गर्ने। पहिले कार्यन्वयन गर्न दिउँ न।'

संविधान कार्यन्वयन राम्रोसँग गर्न नसकेकोमा सरकारमा किन बस्ने भनी सोधिएको प्रश्नमा मन्त्रीले भने, 'सरकार बस्न कतिलाई लागेको होला नि। भएको सरकार कसले छाड्छ?'

उनले कुनै बुँदाले राष्ट्रिय स्वाधिनतामा बाधा गरेको भए संशोधन गर्ने उल्लेख गर्दै रहर लागेर संविधान संशोधन नहुने दाबी गरे। भने, 'संविधान त लेखियो संशोधन कुन ठूलो कुरा हो र? लेखियो कुन अवस्थामा। संशोधन के का लागि हो त? पुष्टि त हुनुपर्‍यो नि।'

संविधान कुनै रामायण नभएको उल्लेख गर्दै मन्त्री बास्कोटाले पुष्टि भएमामात्र संशोधन हुने नभए चलेकै अवस्था रहेको बताए।

'यो रामायण हैन। भानुभक्ताले लेखेपछि त्यही हो। कुरान पनि हैन पुराण पनि हैन बाइबल पनि हैन,' बास्कोटाले भने, 'जनताले पनि संविधानको पालना गर्नुपर्छ। सरकारलेमात्र हैन। पुष्टि भएमा संशोधन हुन्छ। नत्र संविधान चलेकै छ। चलिराख्छ। कार्यन्वयनभन्दा संशोधनको दुष्चक्रममा किन जानुपर्‍यो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell