PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

विश्वभर जलवायु परिवर्तन विरुद्ध हड्ताल



विश्वभर जलवायु परिवर्तन विरुद्ध हड्ताल
फोटो : REUTERS/AP/AF

आज विश्वभर लाखौंको संख्यामा मानिसहरु बढ्दो जलवायु परिवर्तन विरुद्ध विश्वव्यापी हड्तालमा उत्रिरहेका छन्।

अर्को हप्ता हुने संयुक्त राष्ट्र संघ जलवायु परिवर्तन सम्मेलनको अगाडी आज विश्वभर ग्लोबल क्लाइमेट स्ट्राइक (जलवायु विरुद्ध विश्वव्यापी हड्ताल) आयोजना गरिएको हो। करिब १५० राष्ट्रमा आज जलवायु परिवर्तन विरुद्ध हड्तालको कार्यक्रम रहेको बताइएको छ।

जलवायु परिवर्तन न्यूनिकरण गर्न कुनै पनि सरकारले चासो नदिएको भन्दै हड्तालमा ठूलो संख्यामा विद्यार्थीहरु सहभागी हुँदैछन्। उनीहरुले इन्धनको प्रयोगमा कमी ल्याउन र २०३० सम्म कार्बन उत्सर्जनलाई शून्यमा पुर्‍याउने प्रतिबद्धतालाई कार्यान्वयन गर्न माग गरिरहेका छन्।

जलवायु परिवर्तनबारे जनचेतना जोगाउँदै आएकी ग्रेटा थनबर्गले समेत यस हड्तालमा समर्थन जनाउँदै न्यूयोकबाट प्रदर्शनको नेतृत्व गर्दैछिन्।

प्रदर्शन गरिरहेकाहरुले आफूहरुलाई 'प्लनेट बी' नचाहेको भन्दै पृथ्वीमा हरियाली कायम गर्न सबैले मिलेर अगाडी बढ्नुपर्ने कुरामा जोड दिइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell