PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अमेरिकाको वासिङ‍्टनमा एकैदिन दुई स्थानमा गोली चल्यो, १ जनाको मृत्यु ८ घाइते



अमेरिकाको वासिङ‍्टनमा एकैदिन दुई स्थानमा गोली चल्यो, १ जनाको मृत्यु ८ घाइते
फोटो: Clarence Williams/The Washington Post

अमेरिकाको राजधानी वासिङ्टन डीसीमा गोली चल्दा एक जनाको मृत्यु भएको वासिङ्टन पोस्टले जनाएको छ।

बिहीबार राति कोलम्बिया हाइट्स क्षेत्रमा भएको पहिलो गोली प्रहारमा एक जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा महिला समेत रहेको जनाइएको छ।

सो क्षेत्रमा प्रहरीले दुईजना व्यक्ति हतियार लिएर हिँडिरहेको तस्विर फेला पारेको छ। प्रहरीले घटनाबारे अनुसन्धान गर्दै संदिग्धहरुको खोजी गरिरहेको छ।

यस्तै, बिहीबार राति नै वासिङटनको रोधे आइलयान्डमा पनि गोली चलेको र त्यस घटनामा तीनजना घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीले दुवै घटना एकअर्कासँग जोडिएको हुनसक्ने अनुमान गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell