PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

राष्ट्रियसभा गृहबाट ओलीलाई देउवाको प्रहार : आफ्नै मन्त्रीलाई विश्वास नगर्नेले कसरी देश चलाउँछन्?



पहिलोपोस्ट

राष्ट्रियसभा गृहबाट ओलीलाई देउवाको प्रहार : आफ्नै मन्त्रीलाई विश्वास नगर्नेले कसरी देश चलाउँछन्?

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान बहुलवादमा आधारित समावेशी संविधान भएको बताएका छन्।

राष्ट्रिय सभा गृहमा गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक विभुषण तथा अभिनन्दन कार्यक्रममा देउवाले संविधान राम्रो भएपनि वर्तमान सरकार कार्यान्वयन पक्षमा अल्मलिएको आरोप लगाए।

उनले भने, 'नेतृत्व तहमा महिलाहरुको ३३ प्रतिशत सहभागिता संविधानले नै सुनिस्चित गरेको छ। राष्ट्रपति वा उपराष्ट्रपतिमध्ये एक महिला हुने व्यवस्था पनि संविधानमा उल्लेख छ। यसअर्थमा यो संविधान महिलामैत्री छ।'

देउवाले हालको संविधान जनजातिमैत्री पनि रहेको बताए।

सभापति देउवाले संविधानले ग्यारेन्टी गरेको विषयलाई उल्टाउने प्रयास भइरहेको आरोपसमेत लगाए।

'मिडिया काउन्सिल विधेयक ल्याएर बोल्न नपाउने गरी डण्डा देखाउने काम भएको छ' उनले भने, 'कुनै पनि निहुँमा जनताको स्वतन्त्रता खोस्न पाइदैन। मानव अधिकार खोस्न पाइदैन।'

उनले सरकारले आफ्नै मन्त्रीलाई विश्वास नगरेको बताए। भने, 'आफ्नै मन्त्रीलाई विश्वास गर्न नसक्नेले कसरी देश चलाउँछन्?'

उनले आफूहरुले सहयोग गर्न चाहेको बताए। त्यसकारणले नै कांग्रेसले संसदमा उच्छृंखल गतिविधि नगरेको उनले प्रष्ट पारे। संसदमा यस्ता हर्कत नगरेकोमा सरकारले हेप्न नहुने उनको तर्क थियो। देउवाले भने, 'हामीले सरकारले राम्रो काम गरोस् भनेर सहयोग गरिरहेका छौं। रेलिङ भाँच्ने, कूर्सी फोड्ने काम गरेका छैनौं। त्यसरी सह्यो भनेर हामीलाई हेप्ने?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell