PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बाबुराम भट्टराईको चेतावनी : आन्दोलनको आँधीबेहरी ल्याएर भए पनि संविधान संशोधन गर्छौं



पहिलोपोस्ट

बाबुराम भट्टराईको चेतावनी : आन्दोलनको आँधीबेहरी ल्याएर भए पनि संविधान संशोधन गर्छौं
फाइल फोटो।

काठमाडौं : समाजवादी पार्टी नेपालका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले संविधान संशोधनका लागि आफ्नो पार्टी सरकारमा रहेको बताएका छन्।

भट्टराईले पार्टीको प्रदेश नम्बर ३ ले काठमाडौंमा आयोजना गरेको 'संविधान संशोधनको अपरिहार्यता र आवश्यकता' विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले भने 'हामी संविधान संशोधनका निमित्त सरकारमा छौं। भागबण्डा गरेर खान होइन।'

भट्टराईले सरकारमै बसिरहने आफूहरुको इच्छा नभएको बताए। समाजवादी पार्टी संविधानलाई संशोधन गरेर सर्वमान्य बनाउने बाटोमा अघि बढिरहेको उनको भनाइ थियो।

'संविधान जारी भएको दिनमा सबैले दिपावली मनाउनु राम्रो हुन्थ्यो। तर एउटा ठूलो पक्ष संविधानका अपूर्णतालाई पूर्णता नदिएसम्म, त्रुटीलाई नसच्याएसम्म दिपावली मनाउदैनौं भनेर हिँडिरहेको छ' उनले भने, 'संविधान संशोधन गरेर सबैलाई दिपावली मनाउने वातावरण बनाउन हामी लागिपरेका छौं।'

पार्टी समायोजनका काम भइरहेकाले संविधान संशोधनको विषयमा केही ढिलाई भएको उनले बताए। पार्टी समायोजनका काम टुंगिएपछि संविधान संशोधनका लागि सरकारसँग छलफल थाल्ने उनको भनाइ थियो।

भट्टराईले शान्तिपूर्ण ढंगले संविधान संशोधन नभए आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी समेत दिएका छन्।

'पार्टी समायोजनका काम सकिएपछि सरकारलाई यात त संविधान संशोधन गर होइन भने जनताको बीचमा गएर आन्दोलनको आँधीबेहरी ल्याएर संविधान संशोधन गरी छाड्छौं र अर्को निर्वाचनमा सत्ता लिएर चलाइ छाड्छौं भन्ने ढड्गले अघि बढ्छौं' भट्टराईले भने।

उनले शान्तिपूर्ण ढंगले संविधान संशोधन होस् भन्ने चाहना रहेको भन्दै आन्दोलन गर्नु परेको अवस्थामा पछि नहट्न नेता तथा कार्यकर्तालाई आग्रह समेत गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell