PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

साफ यू १८ : नेपाल र माल्दिभ्स बराबरीमा रोकिए, नेपालका प्रशिक्षक भन्छन, 'गेम मिल्दै गएको छ'

साफ यू १८ : नेपाल र माल्दिभ्स बराबरीमा रोकिए, नेपालका प्रशिक्षक भन्छन, 'गेम मिल्दै गएको छ'

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: आजबाट काठमाडौंमा सुरु भएको दक्षिण एसियाली खेलकुद अन्तर्गतको साफ यू १८ मा नेपाल र माल्दिभ्सले बराबरी खेलेका छन्। आज हलचोक स्थित एपिएफको मैदानमा भएको खेलमा नेपाल र माल्दिभ्सले १–१ को बराबरी खेलेका हुन्।

खेलको सुरुवातमा अग्रता बनाएको माल्दिभ्सले पहिलो हाफमा अग्रता कायम राख्न सफल भएको थियो। खेलको १३ ‌ मिनेटमा माल्दिभ्सले गोल गर्दै अग्रता लियो। नेपाली डिफेन्सले माल्दिभ्सका कप्तानलाई डिबक्सभित्र फल गरेपछि माल्दिभ्सले पेनाल्टीबाट अग्रता पाएको थियो। माल्दिभ्सका लागि  कप्तान समेत रहेका जर्सी नम्बर ७ का हसन नजिमले गोल गरे। नजिम माल्दिभ्सको रास्ट्रिय टिमका समेत सदस्य हुन। घरेलु मैदानमै पछिपरेको नेपालका खेलाडीहरु दबाबमा देखिन्थे। पहिलो हाफमा नेपालले पटक पटक आक्रमण गरे पनि सदुपयोग भने गर्न सकेन।

नेपालका लागि पहिलो हाफमै पनि मनिष डाँगीले माल्दिभ्सको गोलपोस्टमा प्रहार गरेका थिए तर रेफ्रीले त्यसलाई अफसाइड करार दिए।

तर, दोस्रो हाफको सुरुवातदेखि नै नेपाल आक्रामक देखियो। नेपालले माल्दिभ्सको पोस्टमा पटकपटक आक्रमण गर्‍यो तर कहिले माल्दिभ्सका गोलकिपर हसन अलिफ हावि देखिए त कहिले नेपालको प्रहार पोलमा ठोकिएर बाहिरियो।

नेपाली टोलीमा डेब्यु खेल खेल्दै गरेका मनिष डाँगीले खेलको ७५ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। खेलको अन्तिम समयसम्म नेपालले माल्दिभ्सलाई दबाबमा राखेको थियो।

गेम मिल्दै गएको छ: प्रशिक्षक श्रेष्ठ

नेपाली टोलीका प्रशिक्षक चेतनारायण श्रेष्ठले नेपाली टिमको खेल मिल्दै गएको बताए। पोस्ट म्याच कन्फ्रेन्समा उनले टिमको खेल मिल्दै गएको बताउँदै भुटानसँग उत्कृष्ट खेल खेल्ने बताए।

'अट्याकिङको जुन रणनीति थियो त्यो पहिलो हाफमा भएन। सुरुमै पेनाल्टीले खेलाडी सेलाए जस्तो देखिए' उनले भने, 'दोस्रो हाफमा गेम मिल्दै गयो। बल पोस्टमा पनि धेरै लाग्यो। अलि ब्याड लक पनि भयो।'

उनले नेपालको डिफेन्स लाइन तुलनात्मक रुपमा कमजोर भएको स्वीकार्दै टिम त्यसमा पनि सेट हुँदै गएको बताए।

अर्कोतर्फ माल्दिभ्सका प्रशिक्षक साज्ली माेहम्मदले ग्राउन्डका कारण पनि समस्या भएको बताए। उनले आफ्नो टिमले अभ्यास गरेको भन्दा मैदानकाे अवस्था फरक रहेकाले टिमलाई सेट हुन कठिन भएकाे बताए।

'हामीलाई लकले पनि साथ दिएकाे हाे। तर, ३ महिनाकाे अभ्यास र मिहेनत पछिमात्र लककाे कुरा आउँछ' उनले भने, 'ग्राउन्ड हामीले अभ्यास गरेकाे भन्दा फरक प्रकृतिकाे हुनाले केही कठिन भयाे। घरेलु टाेलीलाई बराबरीमा राेक्दा खेलाडीहरुलाई राम्राे माेटिभेसन मिलेकाे छ।'



ट्रेन्डिङ पोस्ट

Ncell