PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एएफसी यू १६ः नेपाल फराकिलो अन्तरले पराजित



पहिलोपोस्ट

एएफसी यू १६ः नेपाल फराकिलो अन्तरले पराजित
तस्बिर: ताजकिस्तान फुटबल फेडेरेसन

एएफसी यू १६ को समूह चरणको गएराति भएको खेलमा नेपाल ताजकिस्तानसँग ७–० को फराकिलो अन्तरले पराजित भएको छ। जोर्डनको मोहम्मद प्रिन्स रंगशालामा भएको  समूह 'ए' को खेलमा नेपालले ताजकिस्तानसँग लज्जास्पद हार ब्यहोरेको हो।

ताजकिस्तानका लागि मोहमदभोरिस सैदअलिबले ह्याट्रिक गरेका थिए। ताजकिस्तानले पहिलाे हाफमा  ४ गाेल र दाेस्राे हाफमा ३ गाेल गरेकाे थियाे।

यो नेपाल विरुद्ध जित निकाले संगै ताजकिस्तान अंक तालिकाको शीर्ष स्थानमा कायम रहेको छ भने नेपाल तालिकाको चौथो स्थानमा छ। यो पराजयसँगै नेपालको अर्को चरणमा पुग्ने सम्भावना पनि सकिएको छ।
३ खेल खेलेको नेपालले १ खेलमा बराबरी र २ खेलमा पराजय भोग्यो। नेपालले कुवेत र ताजकिस्तानसँग समान ७–० ले पराजित भयो। यस्तै कुवेतसँग १–१ को बराबरीमा रोकियो।

अंकतालिकामा ३ खेल खेलेकाे ताजकिस्तान शत प्रतिशत जित निकाल्दै अंकतालिकाको शीर्ष स्थानमा छ। त्यस्तै समान ३ खेलनै खेलेर २ जित र १ बराबरी गरेको जोर्डन तालिकाको दोस्रो स्थानमा छ। यस्तै ४ खेल खेलेर १ जित, २ बराबरी र १ पराजय भोगेको कुवेत तालिकाको तेस्रो स्थानमा छ। यता ३ खेल खेलेको नेपाल १ बराबरी र २ पराजयसँगै चौथो स्थानमा छ। त्यस्तै जितबिहीन श्रीलंका तालिकाको पुछारमा छ।

नेपालले अर्को खेलमा असोज ५ गते श्रीलंकासँग प्रतिस्पर्धा गर्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell