PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ला लिगाः बार्सिलोनालाई ग्रानाडाको चुनौती, एथ्लेटिकोले सेल्टासँग प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

ला लिगाः बार्सिलोनालाई ग्रानाडाको चुनौती, एथ्लेटिकोले सेल्टासँग प्रतिस्पर्धा गर्ने

स्पेनिस ला लिगामा आज राति बार्सिलोनाले ग्रानाडासँग प्रतिस्पर्धा गर्दैछ। बार्सिलोनाको खेल आज राति १२:४५ मा सुरु हुनेछ। जारी सिजन ४ खेल खेलेको बार्सिलोना २ खेलमा जित, १ खेलमा बराबरी र १ खेलमा पराजित हुँदै ७ अंक जोडेको छ। बार्सिलोना अंक तालिकाको ५ औं स्थानमा छ। 

यस्तै समान ४ खेल खेलेको ग्रानडाको पनि २ जित, १ बराबरी र १ पराजय भोग्दै ७ अंक छ। ग्रानडा तालिकाकाे छैटौ स्थानमा छ।

एथ्लेटिकोले सेल्टाको सामना गर्ने
आज राति नै हुने अर्को खेलमा एथ्लेटिको मर्डिडले घरेलु मैदानमा सेल्टाको सामना गर्ने छ। यी टिम बीचको पछिल्ला ५ खेलमा ४ खेल एथ्लेटिकोले जितेको छ।  एथलेटिकोले जारी सिजन ४ खेलमा ३ जित र १ पराजय भोग्दै ९ अंक जोडेर तालिकाकाे दाेस्राे स्थानमा छ।  यता सेल्टा ४ खेलमा १ जित, १ बराबरी र १ पराजय भोग्दै ४ अंक जोडेर १६ औं स्थानमा छ। खेल आज राति १०: १५ मा हुनेछ।

आजै हुने बाँकी खेलहरुमा भिल्लारियल र भालाडोलिड तथा लेभान्टे र इबरको रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell