PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

साफ यू १८: बंगलादेशको विजयी सुरुवात



पहिलोपोस्ट

साफ यू १८: बंगलादेशको विजयी सुरुवात
तस्बिर: एन्फा

काठमाडाै‌ं: दक्षिण एसियाली खेलकुद अन्तर्गत आज भएको खेलमा बंगलादेशले श्रीलंका माथि ३–० को जित निकालेको छ। आज हलचोकस्थित शसस्त्र प्रहरीको मैदानमा भएको खेलमा बंगलादेशले विजयी सुरुवात गरेको हो। बंगलादेशले पहिलो हाफमा १ गोल र दोस्रो हाफमा २ गोल गर्दै जित सुनिश्चित गरेको हो।

बंगलादेशको जितमा मोहम्मद ताबिर हुसैन, फैसल अहमद फहिम र फहिम मोर्सेडले समान १ गोल गरे।
खेलको सुरुवातमै ताबिर हुसैनलेले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए। त्यसपछि बंगलादेशले पटकपटक आक्रमण गरेर पनि गोल गर्न चुकेको थियो।

दोस्रो हाफमा बंगलादेश २ गोल थप्न सफल रह्यो। खेलको ७७ औं मिनेटमा फहिम मोर्सेदले गोल गर्दै बंगलादेशलाई २ गोलको अग्रता दिलाए। फेरि त्यसको १० मिनेट भित्रै फैसल अहमद फहिमले गोल गर्दै बंगलादेशको पहिलो खेलमा सहज जित सुनिश्चित गरे। पहिलो खेलमा जित निकाल्दै बंगलादेशले ३ अंक पाएको छ।

ब‌ंगलादेश रहेकाे समूह 'बी' मा भारत र श्रील‌ंका रहेका छन्।

भोलि हुने समूह 'ए' को खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने छ। नेपाल रहेकाे समूहमा नेपालसहित माल्दिभ्स र भुटान रहेका छन्। दुवै समूहकाे शीर्ष २ टाेली सेमिफाइन प्रवेश गर्ने छन्। नेपाल र माल्दिभ्सले पहिलाे खेलमा बराबरी खेल्दै समान १/१ अ‌ंक जाेडेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell