PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

ने क पाले टुंग्यायो ६ महानगरका अध्यक्ष र सचिवको नाम



ने क पाले टुंग्यायो ६ महानगरका अध्यक्ष र सचिवको नाम

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले ६ महानगरका अध्यक्ष र सचिवको नाम टुंगो लगाएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ने क पाको सचिवालय बैठकले ६ महानगरको अध्यक्ष र सचिव टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

ने क पाले काठमाडौं महानगरपालिकाको अध्यक्षमा निर्मल देउला र सचिवमा रविन्द्र श्रेष्ठलाई चयन गरेको छ। ललितपुर महानगरमा अध्यक्ष भने मन्जली शाक्य र सचिवमा ज्ञानेन्द्र शाक्यलाई चयन गरिएको छ।

यस्तै, पोखरा महानगरको अध्यक्षमा दीपक पौडेल र सचिवमा विश्वप्रकाश लामिछाने चयन भएका छन्। भरतपुर महानगरको अध्यक्षमा रामप्रसाद न्यौपाने र सचिवमा ईश्वर सापकोटालाई चयन भएका छन्। वीरगञ्जको अध्यक्षमा रहबर अन्सारी र सचिवमा विश्वम्भर शर्मा चयन हुँदा विराटनगर महानगरको अध्यक्षमा भने सागर थापा र सचिवमा हेम कार्की चयन भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell