PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

इपिएलः वार्टफर्ड माथि म्यानचेस्टर सिटीको गोल वर्षा, सिल्भाको ह्याट्रिक



पहिलोपोस्ट

इपिएलः वार्टफर्ड माथि म्यानचेस्टर सिटीको गोल वर्षा, सिल्भाको ह्याट्रिक
तस्बिर: अल फुटबल

इङलिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले वार्टफर्डमाथि फराकिलो अन्तरको जित निकालेको छ। बर्नान्डो सिल्भाको ह्याट्रिकसँगै साविक विजेता सिटीले ८–० को फराकिलो अन्तरको जित हात पार्‍यो। 

पहिलो हाफमा ५ गोल गरेको सिटीले दोस्रो हाफमा ३ गोल थप्यो।

खेलको पहिलो मिनेटमै सिल्भाले गोल गरेका थिए। त्यस्तै ७ औं मिनेटमै अर्को गोल थप्दै सर्जियो अग्युरोले सिटीको सुरुवात उत्कृष्ट बनाए। फेरि, त्यसको ५ मिनेट भित्रै माह्रेजले गोल गर्दै म्यानचेस्टर सिटीलाई ३ गोललको अग्रता दिलाए।

सिटी यतिमै रोकएन। खेलको १५ मिनेटमा सिल्भाले अर्को गोल थपे। त्यस्तै १८ औं मिनेटमा ओटामेन्दीले अर्को गोल थपे। त्यो सँगै खेलको १८ मिनेट भित्रै म्यानचेस्टर सिटीले ५ गोल गरिसकेको थियो।

गोलको क्रम दोस्रो हाफमा पनि रोकिएन। खेलको ४८ र ६० औं मिनेटमा बर्नान्डो सिल्भाले फेरि गोल थप्दा म्यानचेस्टर सिटीले ठूलो अन्तरले जित सुनिश्चित गरिसकेको थियो। फेरि ८५ औं मिनेटमा ब्रुइनले गोल गर्दा सिटीले ८–० गोल अन्तरले जित निकाल्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell