PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ला लिगा: बार्सिलोना पराजित, एथ्लेटिको बराबरीमा रोकियो



पहिलोपोस्ट

ला लिगा: बार्सिलोना पराजित, एथ्लेटिको बराबरीमा रोकियो

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना ग्रानडासँग पराजित भएको छ। घरेलु टोली ग्रानडाले बार्सिलोनालाई २–० गोल अन्तरले पराजित गरेको हो। खेलको सुरुवातमै अग्रता बनाएको ग्रानडाले दोस्रो हाफमा अर्को गोल थपेको थियो। ग्रानडाका लागि खेलको दोस्रो मिनेटमै गोल गर्दै रोमन अजिजले अग्रता दिलाएका थिए।

पहिलो हाफमा १ गोलले पछि परेको बार्सिलोनाले दोस्रो हाफमा लियोनेल मेस्सी, फाटीलगायतका महत्वपूर्ण खेलाडीहरु उतारेको थियो। तर, दोस्रो हाफमा पनि ग्रानडाले नै अर्को गोल थप्न सफल भयो। ग्रानडाले ६६ औं मिनेटमा पेनाल्टी मार्फत अर्को गोल थपेको थियो। पेनाल्टीमा भाडिल्लोले गोल गरेका थिए।

हिजै भएको अर्को खेलमा एथलेटिको मर्डिड सेल्टासँग बराबरीमा रोकिएको छ। घरेलु मैदानमा गोल गर्न नसक्दा एथ्लेटिकोले अंक बाँढ्न पर्‍यो।

गएराति भएको खेलमा जित निकालेसँगै ग्रानडा तालिकाको शीर्ष स्थानमा पुगेको छ। ५ खेल खेलेको ग्रानडाले ३ जित, १ बराबरी र १ खेलमा पराजय भोग्दै १० अंक बनाएको छ। समान १० अंक नै जोडेका सेभिल्ला र एथ्लेटिको मर्डिड तालिकाको दोस्रो र तेस्रो स्थानमा छन्। यता सिजनको सुरुवात खराब गरेको बार्सिलोना भने ५ खेलमा २ जित, २ हार र १ बराबरी खेल्दै तालिकाको सातौं स्थानमा पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell