PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

साफ यू १८: नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

साफ यू १८: नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने

काठमाडौंः साफ यू १८ मा आज नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै छ। हलचोक स्थित एपिएफको मैदानमा नेपाल र भुटानबीचको खेल आज दिउँसो ३ बजे सुरु हुनेछ।

पहिलो खेलमा नेपालले माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलको थियो। नेपाल रहेको समूहमा माल्दिभ्स र भुटान छन्। आजको खेल जितेमा नेपाल सेमिफाइनल प्रवेश गर्ने छ। यता भुटानको भने आज पहिलो खेल हो। प्रिम्याच कन्प्रेन्समा भुटानका प्रशिक्षक गेन दोर्जीले नेसनल लिगमा तथा अन्य अभ्यास  राम्रो भएकाले आफूहरुले बलियो चुनौती प्रस्तुत गर्ने बताएका थिए।

नेपाली टोली प्रशिक्षक चेतनारायण श्रेष्ठले माल्दिभ्ससँगको खेल पछि कुरागर्दै नेपालको गेम मिल्दै गएको बताएका थिए। उनले टिम मिलेका बताउँदै बृजेस चौधरी र मनिष डाँगीले आक्रमण पंक्तिमा उतार्ने बताएका थिए।

यता समूह 'बी' काे खेलमा शनिबार बंगलादेशले श्रीलंकामािथ जित हात पार्‍याे। बंगलादेशले पहिलाे हाफमा १ गाेल र दाेस्राे हाफमा २ गाेल गर्दै सहज जित हात पार्‍याे। समूह 'बी' मा भारत, बंगलादेश र श्रील‌ंका रहेका छन्।

पहिलो खेलमा बलियो माल्दिभ्ससँग बराबरी खेलेको नेपालले सेमिफाइनल प्रवेशका लागि भुटानसँग जित आवश्यक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell