काठमाडौं : बैकिङ कसुरको अभियोगमा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ।
कीर्ते कागज बनाएर साढे चार करोड रुपैयाँ हिनामिना गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ११ जनालाई नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा बैंक अफ काठमाडौंका पूर्व सिइओसमेत रहेका ब्युरोका एसपी बेलबहादुर पाण्डेले जानकारी दिए। ब्युरोको टोलीले पूर्वसिइओ अजय श्रेष्ठलगायत ऋणी र बैकका बहालवहाल कर्मचारी गरेर ११ जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीले ऋणी सुरेन्द्र श्रेष्ठलाई समेत नियन्त्रणमा लिएको हो। हेटौंडाका सुरेन्द्र श्रेष्ठले झापाको जग्गा धितोमा राखेर बैंकबाट ऋण चलाएका थिए।
पक्राउ पर्नेहरुमा बैकका कर्मचारीहरु किरण बोहोरा, ऋचा श्रेष्ठ, शुष्मा शाह लगायत रहेका छन्। करिव पाँच वर्ष अगाडी झापामा रहेको जग्गा देखाएर ऋण प्रवाह गरेको देखिएको छ।
उनीहरुले कमसल जग्गालाई धरौटी बनाएर साढे चार करोड रुपैयाँ हिनामिना गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।