PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

राष्ट्रसंघद्वारा साउदीमाथि आक्रमण नगर्ने हुथी विद्रोहीको घोषणाको स्वागत



राष्ट्रसंघद्वारा साउदीमाथि आक्रमण नगर्ने हुथी विद्रोहीको घोषणाको स्वागत
फोटो : Reuters

शान्तिको प्रयास स्वरुप हुथी विद्रोहीहरुले साउदीमा आक्रमण नगर्ने गरेको घोषणालाई संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ।

राष्ट्रसंघले एक विज्ञप्ती जारी गर्दै हुथी विद्रोहीको सो निर्णयबाट युद्धको अन्त्यको लागि शक्तिशाली सन्देश जाने विश्वास व्यक्त गरेको छ।

विद्रोहीका सर्वोच्च राजनीतिक परिषद्का अध्यक्ष महदी अल मसहतले टेलिभिजन मार्फत यमनमा शान्ति कायम गर्न सबैलाई साथमा आउन आग्रह गर्दै भने,' हामीले प्रस्ताव गरेको शान्तिको प्रस्ताव बारे कुनै प्रतिक्रिया नआए त्यसबाट पछाडी हट्ने अधिकार हामीमा रहेको छ।'

गतसाता साउदीको तेल प्रशोधन केन्द्रमा हुथी विद्रोहीले ड्रोन आक्रमण गरेको स्वीकार गरेको थियो। तर अमेरिका र साउदीले भने सो ड्रोन आक्रमणमा इरानको संलग्नता रहेको आरोप लगाउँदै आएको छ। इरानले भने आरोपहरुको खण्डन गर्दै आएको छ।

यमनमा सशस्त्र द्वन्दमा परि हालसम्म दश हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell