PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रहरीको दशैं सुरक्षा रणनीतिः सूचना संकलनका लागि सादा पोशाकमा प्रहरी, नाका नाकामा कुकुर



पहिलोपोस्ट

प्रहरीको दशैं सुरक्षा रणनीतिः सूचना संकलनका लागि सादा पोशाकमा प्रहरी, नाका नाकामा कुकुर

काठमाडौं : नजिएको दशैं, तिहार र छठ लगायत चाडपर्वलाई लक्षित गर्दै राजधानीमा हुने विभिन्न अपराध नियन्त्रण गर्न प्रहरीले आइतवारबाट लागू हुने गरी विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ।

दशैंमा सुरक्षाको लागि प्रहरीको सेन्ट्रल रेस्पोन्स भ्यान (सिआरभी), क्विक रेस्पोन्स टिम (क्युआरटी) र साइकलमा समेत प्रहरी परिचालन गर्ने छ। ८३ जनाको मोटरसाइकल गस्ती, ३५ साइकल गस्ती र ४६ मोटर गस्तीका साथै विभिन्न स्थानमा विभिन्न सुरक्षा पोस्ट खडा गरी सुरक्षा व्यवस्था मिलाएको छ। ११ स्थानमा प्रहरी सहायता कक्षसमेत खडा गरिएको छ। त्यस्तै ६७ ठाउँमा अस्थाई पिकेटको समेत व्यवस्था गरिएको छ।

राजधानीमा हुने आपराधिक गतिविधिबारे जानकारी लिन सादा पोशाकमा ७० जना प्रहरी परिचालन गर्ने छ। त्यस्तै राजधानी भित्रिने र बाहिरिने नाकामा प्रहरीको विषेश तालिमप्राप्त कुकुरसमेत परिचालन हुने प्रहरीले जानकारी दिएको छ।

प्रहरीले चाडबाडको समयमा घर तथा कोठा खाली गरेर नजान वा जानैपर्ने भए नजिकैको छिमेकी तथा प्रहरीलाई समेत जानकारी दिन अनुरोध गरेको छ।

आफ्नो घरको डेरामा बसेका व्यक्ति तथा काम गर्ने व्यक्तिको नाम,  थर र फोटोसहितको विवरण राख्न, रातको समयमा आफ्नो घर, टोलमा होहल्ला गरी हिँड्ने तथा शंकास्पद व्यक्तिहरुको गतिविधि देखेमा प्रहरीमा तुरुन्तै खबर गर्न, जुवा, तास, ढुकुटी आफू पनि नखेल्न, नखेलाउन र खेलेको देखेमा तुरुन्तै प्रहरीलाई खबर गर्न, टोलमा नौलो असामान्य मानिस देखेमा निगरानी गर्न वा उसको बारेमा जानकारी राख्नसमेत अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell