PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

क्यानडामा 'सिने स्टार अवार्ड २०२०' आयोजना हुने



क्यानडामा 'सिने स्टार अवार्ड २०२०' आयोजना हुने

क्यानडाको टोरन्टोमा 'सिने स्टार अवार्ड २०२०'  आयोजना हुने भएको छ। आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच आयोजकले आगामी जनवरीको अन्तिम साता क्यानडामा अवार्ड कार्यक्रम आयोजना हुने जानकारी दिएको हो। हिल्सा इन्टरटेनमेन्ट प्रा. लि. नेपालको मुख्य आयोजनामा हुने अवार्ड जी.टी.ए. लायन्स क्लब टोरेन्टो क्यानडा र सिने मल्टीभिजन क्यानडाको सहकार्यमा हुने बताइएको छ।

पर्यटन बर्ष लक्षित कार्यक्रमले राष्ट्रिय पर्यटन प्रवर्धनमा सहयोग पुग्ने अपेक्षा आयोजकले लिएको छ ।

हिल्सा इन्टरटेन्मेन्टका प्रवन्ध निर्देशक प्रतिक बुढाथोकीले पर्यटन बर्ष २०२० लाई लक्षित गरेर क्यानडामा अवार्ड आयोजना गर्न लागेको बताए। नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्नमा यस अवार्डले महत्वपूर्ण भुमिका खेल्ने बताउँदै उनले नेपाली पहिचानलाई विश्वस्तरमा चिनाउने आफुहरुको उद्देश्य रहेको बताए।

'सिने स्टार अवार्ड २०२०' मा १२ प्रतिस्पर्धी विधा समावेश हुनेछन् भने जुरी अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी कुल १४ विधामा अवार्ड तथा सम्मान वितरण गरिनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell