PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जीवित देवी कुमारीलाई मोबाइलबाट लाइट देखाउँदै रथयात्रा गराएको देखेपछि..



जीवित देवी कुमारीलाई मोबाइलबाट लाइट देखाउँदै रथयात्रा गराएको देखेपछि..

काठमाडौं : येँया: (इन्द्रजात्रा) मा गएको वर्षदेखि जीवित देवि कुमारी, जीवित देवता गणेश र भैरवको रथमा बत्ती बाल्न शुरु गरियो। त्यसभन्दा पहिला रथ यात्राका क्रममा रथमा बत्तीको व्यवस्था हुँदैन थियो। रथ यात्रा हुने स्थानमा सुरक्षाको दृष्टिकोणले बत्ती निभाउने गरिँदा रथ यात्रा हेर्न आएकाहरुले राम्ररी कुमारी, गणेश र भैरवलाई हेर्न पाउँदैन थिए। केही बल्ब बालेर अन्ध्यारो बाटोमा रथ यात्रा गरिँदा असहज हुन्थ्यो। गएको वर्षदेखि भने रथलाई उज्यालो बनाउने उद्देश्यका साथ रथमा बत्ती बाल्न शुरु भएको कार्यले यो वर्षपनि निरन्तरता पायो।

यो वर्षको इन्द्रजात्रा सकिएको एक हप्ता पुग्न लाग्दा रथमा बत्ती बालेका तस्विरहरुका बारेमा सामाजिक संजालमा चर्चा भइरहेको छ। कसैले बिजुलीका कारण रथ राम्रो देखिएको र रथ यात्रामा देवी देवतालाई देख्न पाएको बताइरहँदा कोहीले भने बत्ती बाल्ने प्रक्रियामा सुधार गर्ने पर्ने तर्क गरिरहेका छन्।

बत्तीका बारेमा चर्चा चलिरहँदा गएको वर्षदेखि रथयात्रालाई उज्लायो बनाउने कार्यमा होमिएको नेवा: नुगले भने अर्को वर्षपनि आफ्नो कार्यलाई निरन्तरता दिने बताएको छ।

काठमाडौं ओमबहालको नेवा: नुग: का उपाध्यक्ष सुरेन्द्रभक्त माथेमाले रथमा बत्ती राख्ने काम रथलाई सुन्दर देखाउन मात्रै नगरेको भन्दै भने,' रथ यात्राको क्रममा सबै ठाउँमा बत्ती निभाइन्छ। दुई वर्षअघि इन्द्रजात्राको अन्तिम दिनमा रथयात्रा हेर्न पुग्दा अध्यारो थियो। रथमा बसेका व्यक्तिले मोबाइलको लाइट बालेर कुमारी देखाउँदै थिए। त्यहीबाट हामीले रथमा बत्तीको आवश्यक्त महसुस गर्‍यौं।'

बत्तीको आवश्यक्त महसुस गर्दै गएको वर्षदेखि इन्द्रजात्रा व्यवस्थापन समितिलाई खबर गर्दै आफूहरुले रथमा बत्ती राख्ने काम गरेको माथेमाले बताए। 'हामीले सबैसँग सहयोग जुटाएर बत्ती राखेका हौं। त्यसबाट रथ यात्रा हुने बाटोमा बत्ती नहुँदा हुने समस्या कम भएको छ। गएको वर्ष धेरैले यसलाई याद गरेनन्। यसपटक मानिसहरुले रथमा बत्ती राख्ने कार्यको प्रशंसा गरिरहेका छन्।'

उनले आगामी वर्षपनि रथमा बत्ती राख्ने कामलाई निरन्तरता दिने बताउँदै रथ पुरानो भएकाले सम्बन्धित पक्षलाई रथको मर्मत सम्भारमा ध्यान दिन आग्रह समेत गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell