PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

सिपिएलः सन्दीपको २ विकेटले टार्न सकेन बार्बाडोसको हार



पहिलोपोस्ट

सिपिएलः सन्दीपको २ विकेटले टार्न सकेन बार्बाडोसको हार

वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग सिपिएलमा सन्दीप लामिछाने आबद्ध बार्बाडोस ट्रिडेन्ट्स पराजित भएको छ। आज बिहान भएको खेलमा बार्बाडोस ट्रिडेन्ट्स जमैका तालेवाजसँग ५ रनले  पराजित भएको हो।

ब्रिजटाउनमा भएको खेलमा जमैकाले निर्धारित २० ओभरमा १२७ रन बनाएको थियो। १२८ रनको लक्ष्य पछ्याएको बार्बाडोसले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२२ रन मात्र बनाउन सक्यो।

जमैका तालेवाजलाई १२७ रनमा समेटन सन्दीप लामिछानेले २ विकेटको योगदान दिएका थिए। उनले ४ ओभर बलिङ गर्दै २ विकेट लिएर मात्र १७ रन दिए। ब्याटिङसमेत गरेका लामिछाने ८ बलमा ९ रन बनाउँदै अभिजित रहे।

यो हारसँगै बार्बाडोस अंक तालिकाको चौथो स्थानमा पुगेको छ। ६ खेल खेलेको बार्बाडोसले अहिलेसम्म २ खेलमा मात्र जित निकालेको छ। तालिकाम ग्युनिया अमेजन वारियर्स ६ खेलमा शतप्रतिशत जित निकाल्दै १२ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ। त्यस्तै ट्रिनवागो नाइट राइडर्स ६ खेलमा ४ जित, १ हार र १ खेलमा अंक बाँड्दै तालिकाको दोस्रो स्थानमा छ। त्यस्तै सेन्ट किट्स् एन्ड नेभिस प्याट्रियट तालिकाको तेस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell