PahiloPost

Nov 19, 2018 | ३ मंसिर २०७५


About Us


पहिलोपोस्ट डट कम बिजमान्डू प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो। यस प्रालिले आर्थिक मुद्दामा केन्द्रित समाचार पोर्टल बिजमान्डू पनि सञ्चालन गर्छ। सामाजिक-सांस्कृतिक मुद्दा, राजनीतिक गतिविधि, खेलकूद, विज्ञानप्रविधि, जीवनशैली र मनोरञ्जनसँग सम्बन्धित समाचार पहिलोपोस्टका प्राथमिकता हुन्।  यो पोर्टलको बेटा संस्करण २०७१ साउन १ गतेबाट सुरु भएको हो। 

उमेश श्रेष्ठ
सम्पादक     
युनिकोडमा आधारित नेपाली भाषाको पहिलो इन्डेपेन्डेन्ट समाचार पोर्टल परेवा डट कमका सम्पादक रहेका उनी ब्लगर सालोक्यका रुपमा पनि चिनिन्छन्। सन् २००५ देखि उनले सञ्चालन गर्दैआएको माइसंसार देशविदेशका पाठकमाझ परिचित छ। नागरिकन्युजको स्थापना कालदेखि चार वर्षसम्म उनी अनलाइन संयोजक थिए। त्यसपछि करिब एक वर्ष अन्नपूर्ण पोस्टको डेपुटी डिजिटल एडिटर भए। छापा पत्रकारितामा नयाँ सडक र स्पेसटाइम दैनिक, टेलिभिजन पत्रकारितामा च्यानल नेपाल र एभिन्युज टेलिभिजनको अनुभवसमेत हासिल गरेका उनी त्रिभुवन विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर हुन्।  editor@pahilopost.com

ऋषिकेश दाहाल
सह- सम्पादक     
​२०५७ साल देखि पत्रकारितामा सक्रिय ऋषिकेश दाहालले यसअघि नागरिकन्युज डट कम, कान्तिपुर पब्लिकेसन्सको नेपाल म्यागेजिन, स्पेसटाइम दैनिक, नयाँ सडक दैनिकमा काम गरिसकेका छन्। उनी त्रिभुवन विश्वविद्यालयमा पत्रकारिता अध्ययन, अध्यापन र अनुसन्धानमा पनि संलग्न छन्।​ rishi@pahilopost.com


स्वेच्छा राउत  
संवाददाता     
पत्रकारिता तथा आम सञ्चारमा स्‍नातकोत्तर गर्दै गरेकी स्वेच्छा राउत सामाजिक विषयमा कलम चलाउँछिन्। सामाजिक मुद्दा, जीवनशैली, मनोरञ्जन र साहित्यका विषयका फिचर उनको सौखका विषय हुन्। कविता र छोटा कथाहरुमा पनि उनको रुचि छ। पहिलोपोस्टमा फागुन २०७२ देखि आवद्ध स्वेच्छा सटिक टिप्पणीका कारण ट्विटरमा स्थापित नाम हो। rswechhya@pahilopost.com


गोविन्दराज नेपाल
संवाददाता     
अन्नपूर्ण पोस्ट दैनिकबाट खेलकूद बिटको रिपोर्टिङ सुरु गरेका गोविन्दले नेपाल जापान डट कम अनलाइन, एभिन्युज टेलिभिजन र खरीबोट अनलाइनमा खेलकुद संवाददाताका रुपमा काम गरे। उनले पत्रकारिता र अंग्रेजी साहित्यमा त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका छन्। फिल्म समीक्षा उनको अर्को रुचिको क्षेत्र हो। नेपाल २०७३ जेठबाट पहिलोपोस्टमा आवद्ध छन्। govinda@pahilopost.com


सविन ढकाल
संवाददाता     
फिल्मी कुरा टेलिभिजन कार्यक्रमबाट पत्रकारिता सुरुवात गरेका सविनले सगरमाथा टेलिभिजनमा चार वर्ष रिपोर्टिङ गरे। उनले त्रिभुवन विश्वविद्यालयमा व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्। पत्रकारितामा स्नातक उनी २०७३ जेठदेखि पहिलोपोस्टमा आवद्ध उनी अपराध र सुरक्षा मामिलामा दख्खल राख्छन्।  sabin@pahilopost.com

सागर बुढाथोकी
संवाददाता      
त्रिभुवन विश्वविद्यालयमा पत्रकारितामा स्नातकोत्तर अध्यनरत बुढाथोकी  स्वास्थ्य र सामाजिक विषयमा कलम चलाउन रुचाउँछन्।  २०७० सालदेखि पत्रकारिता सुरु गरेका उनी यसअघि नेपाल आज डटकममा आवद्ध थिए। पर्यटन, वातावरण र सम्पदा उनको सौखका विषय हुन्। उनले सामुदायिक रेडियो नवज्योती एफएममा सामाजिक विषयवस्तुसँग सम्बन्धित अन्तर्वार्ता कार्यक्रम ‘खुल्लामञ्च’ १ वर्षसम्म चलाए। सागर पहिलोपोस्टमा असार २०७४ देखि आवद्ध छन्।


नेत्र तामाङ
संवाददाता     
२०६६ बाट पत्रकारिता सुरु गरेका नेत्र तामाङले यसअघि नागरिक दैनिक, नयाँ पत्रिका दैनिकमा काम गरिसकेका छन्। उनी अमेरिकाको न्युयोर्कबाट प्रकाशित हुने एभरेस्ट टाइम्स पाक्षिक पत्रिकाका नेपाल संयोजकसमेत हुन्।  त्रिभुवन विश्वविद्यालयबाट आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका तामाङ बालबालिकाका क्षेत्रमा पनि दख्खल राख्छन्।  अहिलेसम्म बाल कथाका पाँचवटा किताब प्रकाशित गरिसकेका तामाङ राजनीतिक, सामाजिक विषयमा रूचि राख्छन्। तामाङ २०७४ मंसिरदेखि पहिलोपोस्टमा आवद्ध छन्।  

बीपी साह
संवाददाता     
जनकपुरधामको जनकपुर टुडे दैनिकबाट २०६५ सालदेखि पत्रकारिता थालेका बीपी साह सामुदायिक न्यूजपोर्टल हुलाकी न्यूज डटकमका संस्थापक हुन्। २०६७ सालदेखि काठमाडौंमा बसेर पत्रकारिता गरेका उनले दुई वर्ष रेडियो नेपालको घटना र विचार, विभिन्न रेडियो नेटवर्कमा मधेश सम्बन्धी राजनीतिक बहस कार्यक्रम सञ्चालन गर्दै भारतीय टेलिभिजन सौभाग्य मिथिलाको नेपाल डेस्क प्रमुख भई काम गरे। कमाण्डर पोष्ट दैनिक, नेपाल समाचारपत्र दैनिकमा संसदीय रिर्पोटिङ तथा मधेश राजनीतिक सम्बन्धी रिपोर्टिङ गरेका साह त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभाग विभागमा स्नातकोत्तर र नेपाल ल क्याम्पसबाट कानुन संकायमासमेत स्नातक गर्दैछन्। साह २०७४ मंसिरदेखि पहिलोपोस्टमा आवद्ध छन्। 

विधुर ढकाल
संवाददाता     
बुटवलको स्थानीय पत्रिकाबाट २०६६ सालदेखि पत्रकारिता सुरु गरेका विधुरले चार वर्ष चितवन पोस्ट दैनिकमा काम गरे। राजधानी दैनिकमा परराष्ट्र मामिला सम्बन्धी रिपोर्टिङको डेढ वर्ष अनुभव संगालेका उनी २०७४ फागुनदेखि पहिलोपोस्टमा आवद्ध छन्। उनले त्रिभुवन विश्वविद्यालय, आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभाग, रत्नराज्य राज्यलक्ष्मी क्याम्पसबाट पत्रकारिता विषयमा स्नातकोत्तर गरेका छन्। 

समर्थ रञ्जित
फोटो पत्रकार
फेसन फोटोग्राफीमा रुचि राख्ने समर्थले पहिलोपोस्टबाट फोटो पत्रकारिता थालेका हुन्। व्यवस्थापनमा स्नातक गरेका रञ्जित २०७३ देखि पहिलोपोस्टमा आवद्ध छन्। 

प्रविण रानाभाट
फोटो पत्रकार    
जया बहुमुखी क्याम्पसमा बीबीएस अध्ययनरत प्रविण पहिले शौखिन फोटोग्राफरका रुपमा फोटो खिच्थे। २०७४ फागुनदेखि पहिलोपोस्टमा आवद्ध उनले यहीँबाट व्यावसायिक फोटो पत्रकारिता सुरु गरेका हुन्। 


अनन्त कोइराला
संवाददाता     
अन्नपूर्ण पोस्ट्मा एक वर्ष डिजिटल संवाददाता भएर काम गरेका कोइरालाले मदन पुरस्कार पुस्तकालयमा अनुसन्धाता र जगदम्बा प्रकाशनमा सह-सम्पादकको रूपमा २ वर्ष काम गरेका थिए। उनी त्रिभुवन विश्वविद्यालयबाट आम सञ्चार  तथा पत्रकारितामा स्नातकोत्तर हुन्। हाल उनी जापानमा छन्।  ananta@pahilopost.com​

विष्णुहरि घिमिरे
संवाददाता   
सन् २००० देखि हिमालय टाइम्स दैनिकबाट पत्रकारिता थालेका विष्णुहरि घिमिरेको छापा र टेलिभिजन पत्रकारितामा लामो अनुभव छ। २००३ देखि २००८ सम्म उनले नेपाल १ टेलिभिजनमा खेल पत्रकारिता गरे। २००८ देखि कान्तिपुर टेलिभिजनमा उप सम्पादक रहेका घिमिरे २०१० देखि २०१३ सम्म कान्तिपुर टेलिभिजनकै खेल व्युरो प्रमुख तथा स्कोरबोर्ड कार्यक्रमका प्रस्तोता समेत रहे। हाल अमेरिकामा रहेका घिमिरेले २०६४ सालमा त्रिविबाट पत्रकारितामा स्नातकोत्तर गरेका हुन्।

प्रदेश संवाददाता
प्रदेश १ : अनन्तराज न्यौपाने
प्रदेश २ : राधेश्याम पटेल
प्रदेश ५ : चन्द्रकान्त खनाल
कर्णाली : पूर्णबहादुर खड्का
प्रदेश ७ : महेन्द्र बम



                                               
सरोज काफ्ले
सल्लाहकार सम्पादक    
साप्ताहिक पत्रिका पुनर्जागरणबाट व्यवसायिक रुपमा पत्रकारिता सुरु गरेका काफ्लेले आर्थिक पत्रकारितामा करिब डेढ दसक बिताइसकेका छन्। राजधानी दैनिकमा संवाददाताका रुपमा दुई वर्ष र अन्नपूर्ण पोष्टमा एक दसकभन्दा बढी सम्वाददाता, करेस्पोन्डेन्ट र आर्थिक ब्युरो चिफको भूमिकामा काम गरेका थिए। २०७० साउन १ देखि बिजमाण्डूका सम्पादक उनी ग्रामीण विकास विषयमा स्नातकोत्तर छन्। हाल उनी अध्ययनका लागि अमेरिकामा छन्। 

विज्ञान अधिकारी
सम्पादक    
हिमालय टाइम्सबाट आर्थिक पत्रकारिता सुरु गरेका अधिकारी आर्थिक पत्रकारहरुको संस्था सेजनका पूर्व अध्यक्ष हुन्। नागरिक दैनिकको स्थापना कालदेखि नै आर्थिक ब्युरोमा आवद्ध हुनुअघि उनी नयाँ पत्रिका दैनिकमा आर्थिक ब्युरो प्रमुख थिए। एचबिसी तथा गोर्खा एफएममा आर्थिक कार्यक्रम सञ्चालकको रुपमा उनले आर्थिक पत्रकारिताको अनुभव पनि बटुलेका छन्। उनी २०७३ कात्तिक २४ देखि बिजमान्डूको सम्पादक छन्। 

सुदर्शन सापकोटा
सह-सम्पादक    
२०६१ सालदेखि पत्रकारितामा सक्रिय सापकोटा २०६३ सालदेखि आर्थिक पत्रकारितालाई प्रमुख विधा बनाएर केन्द्रित छन्। नागरिक दैनिकको स्थापना कालदेखि उनले वित्तीय र पूँजी बजार विषयकेन्द्रित समाचार लेख्दै आएका थिए। त्यसअघि विराटनगरबाट प्रकाशित हुने दर्शन दैनिक, हिमालय टाइम्स, गोरखापत्र, आर्थिक अभियान साप्ताहिक र नयाँ पत्रिका दैनिकमा काम गरेका थिए। उनी २०७० फागुन १ गतेबाट बिजमाण्डूमा आवद्ध छन्।

प्रभात भट्टराई
 रिपोर्टिङ चिफ    
आर्थिक अभियान साप्ताहिक (हालको दैनिक) बाट आठ बर्ष अघि पत्रकारिता थालेका भट्टराई आर्थिक र वित्तीय विषयमा रिपोर्टिङ गर्न रुचि राख्छन्। अभियानपछि नयाँ पत्रिका दैनिकमा दुई बर्ष र साप्ताहिक खबर पत्रिका हिमालमा चार बर्ष काम गरेका भट्टराई २०७० पुसदेखि बिजमान्डूमा आबद्ध  छन्। भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र पत्रकारितामा स्नातक गरेका छन्।  

भावना शर्मा 
उपसम्पादक    
१५ वर्षदेखि छापा, रेडियो र टेलिभिजन पत्रकारितामा संलग्न शर्मा २०७३ मंसिरदेखि बिजमाण्डूसँग आवद्ध छिन्। कम्युनिकेसन कर्नरबाट पत्रकारिता सुरु गरेकी शर्मासँग नेपाल एफएम, सगरमाथा टेलिभिजन, एबिसि रेडियो, एबिसि टेलिभिजन तथा नयाँ पत्रिका दैनिकको कार्यअनुभव छ। पत्रकारितामा स्नातकोत्तर शर्माका ‘जुनको आतंक’ कविता संग्रह र स्वर्गीय रामराजाप्रसाद सिंहको आत्मबृतान्त ‘गणतन्त्रका प्रणेता’ पुस्तक प्रकाशित छन्।

सविन मिश्र
समाचार संयोजक     
यसअघि २०७१ भदौ- २०७२ चैतसम्म बिजमाण्डूमा आवद्ध रहिसकेका सविन त्रिभुवन विश्वविद्यालय आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तर हुन्। आर्थिक नीति, बजेट प्रणाली र वित्तीय विषयमा उनको रुचि छ। कारोबार दैनिक, उज्यालो रेडियो र अनलाइन, नयाँ पत्रिका दैनिक र The Himalayan Times अङ्ग्रेजी दैनिकमा आवद्ध रहँदा अर्थतन्त्रसँग जोडिएका विषयहरुमा उनले रिपोर्टिङको अनुभव हासिल गरेका छन्।

अमर वडुवाल
संवाददाता    
किरण खेलकुद साप्ताहिक पत्रिकाबाट २०६३ सालदेखि पत्रकारिताको सुरुवात गरेका बडुवालले २०६४ देखि २०६६ सम्म सुदूरसन्देश दैनिकमा काम गरेका छन्। आर्थिक पत्रकारितामा ऊर्जा, उद्योग र घरजग्गाको रिपोर्टिङमा रुची राख्ने बडुवाल २०७३ असारदेखि बिजमान्डूमा आवद्ध छन्। बडुवालले त्रिभुवन विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभाग, रत्नराज्यलक्ष्मी  क्याम्पसबाट स्नातकोत्तर गरेका छन्।

दिनेश खड्का 
संवाददाता     
'सहकारी नेपाल' मासिक पत्रिकामार्फत् २०७२ सालबाट पत्रकारिता सुरु गरेका खड्का विकास निर्माण र  पूर्वाधार सम्वन्धि रिपोर्टिङमा रुची राख्छन्। २०७३ साल फागुनदेखि बिजमाण्डूमा आबद्ध छन्। खड्का त्रिभुवन विश्वविद्यालयमा आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागअन्तर्गत जया मल्टिपल क्याम्पसमा स्नातक तहमा अध्ययनरत छन्।

सुवास निरौला
संवाददाता    
२०५७ सालदेखि कोशी एफएम बिराटनगरबाट रेडियो कार्यक्रम प्रस्तोताका रुपमा करियर सुरु गरेका निरौला २०६३ सालदेखि काठमाडौँस्थित गोर्खा एफएममा कार्यक्रम प्रस्तोताकाकै रुपमा प्रवेश गरेका थिए। उनले त्यहाँ कार्यक्रम संयोजकसम्मको भूमिका निर्वाह गरेका थिए। निरौलाले २०७२ मा विराटनगरस्थित रेडियो स्टारमा स्टेसन म्यानेजरको अनुभव बटुलेका छन्। निरौला २०७३ देखि बिजमाण्डूमा कार्यरत छन्।

अरुण सापकोटा
संवाददाता    
इमेज न्युज एफएम १०३.६ मा २०७० बाट प्रशिक्षार्थी पत्रकारका रुपमा  पत्रकारिता सुरु गरेका सापकोटासँग युनाइटेट नेसन अफिस सपोर्ट प्रोग्राम (UNOPS) मा छ महिना काम गरेको अनुभव छ। त्रिभुवन विश्वविद्यालय आम सञ्चार तथा केन्द्रीय पत्रकारिता विभागमा स्नातकोत्तर अध्ययनरत उनी नेपाल ल क्याम्पसमा एलएलवी तेस्रो बर्षमा अध्ययनरत छन्।  सापकोटा २०७३ चैतबाट बिजमाण्डूमा आवद्ध छन्। उनी पूँजी बजार तथा बीमा क्षेत्रका बारेमा रिपोर्टिङमा रुचि राख्छन्।  

वसन्तराज उप्रेती
संवाददाता    
उप्रेतीले २०७१ माघदेखि पत्रकारिता सुरु गरेका हुन्। आर्थिक पत्रकारिता अन्तर्गत ग्याजेट्स, दूरसंचार, अटो, व्यापार बजार रिपोर्टिङमा रुचि राख्ने उप्रेती २०७४ साउनदेखि बिजमाण्डूमा आवद्ध छन्। उप्रेतीले त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागबाट स्नातकोत्तर गर्दै छन्। 

कविराज लम्साल
मार्केटिङ प्रमुख    
नागरिक दैनिकको स्थापनाकालदेखि सर्कुलेसनको जिम्मेवारी सम्हालेका लम्सालसँग कारोबार दैनिकमा मार्केटिङ एक्जिक्युटिभमा काम गरेको अनुभव छ । कारोबारमा ४ वर्ष काम गरेपछि उनी हाल बिजमाण्डूसँग आवद्ध छन् । व्यवस्थापन संकायमा स्नातक सकेका उनी यस प्रालिका मार्केटिङ विभाग प्रमुख हुन् ।

 

पूर्व सहकर्मी

चन्द्रबहादुर आले (२०७४ साउन - २०७४ माघ)
रमेश वाग्ले ( २०७२ असोज - २०७४ कात्तिक)
उमेश पौडेल (२०७२ पुस- २०७४ असार)
इलिट जोशी (२०७२ फागुन- २०७४ असार)
मनोज सत्याल (२०७१ जेठ-२०७४ जेठ)
फणिन्द्र संगम (२०७३ वैशाख- २०७४ वैशाख)
केपी ढुंगाना (२०७३ मंसिर- २०७३ चैत)
विनोद ढकाल (२०७२ जेठ- २०७३ जेठ)
रविराज बराल (२०७१ जेठ- २०७३ वैशाख)
सविन मिश्र (२०७१ भदौ- २०७२ चैत)
अंगद ढकाल (२०७१ भदौ- २०७२ मंसिर)
कञ्चन अधिकारी (२०७१ जेठ- २०७१ चैत)
विजयराज खनाल (२०७० कात्तिक-२०७१ कात्तिक)
अपार प्रमोद
यादवराज जोशी




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट