PahiloPost

Dec 12, 2018 | २६ मंसिर २०७५


नेपाल vs अफगानिस्तान (हेड टु हेड)


पहिलोपोस्ट

नेपाल vs अफगानिस्तान (हेड टु हेड)

काठमाडौं : क्रिकेट वर्ल्डकप क्वालिफायरमा नेपालले शनिवार अफगानिस्तासँग खेल्दैछ। समूह बी मा अंकिविहन रहेका दुवै टोली पहिलो जितको खोजीमा छन्। अफगानिस्तानले लगातार ३ तथा नेपालले लगातार २ खेल हारिसकेको छ।

सुपर सिक्समा पुग्नको लागि ५ टिम रहेको समूहमा शीर्ष तीन भित्र रहनुपर्नेछ। त्यसका लागि नेपालले अफगानिस्तानसँगै हङकङलाई समेत हराउनु पर्नेछ। उता सुपर सिक्सको झिनो आशा बाँकी राख्न अफगानिस्तानले नेपाललाई हराएर मात्र पुग्दैन अन्य खेलको नतिजा पनि त्यही अनुसार आउनुपर्नेछ।

नेपाल र अफगानिस्तानबीच ५० ओभरमा अहिलेसम्म ७ खेल भएको छ। जसमा ६ खेल अफगानिस्तानले जित्दा नेपालले एक मात्र जितेको छ। सन् २००४ को एसीसी ट्रफीमा नेपालले अफगानिस्तानलाई हराएपनि त्यसयता अफगानिस्तान नेपालमाथि हावी हुँदै आइरहेको छ। नेपाल र अफगानिस्तानबीच सन् २०१४ मा एसीसी प्रिमियर लिगमा पछिल्लो पटक भेट भएको थियो। उक्त खेलमा अफगानिस्तान १०८ रनले विजयी भएको थियो।

 

नेपाल भर्सेस अफगानिस्तान (हेड टु हेड)

खेल - ७

अफगानिस्तान विजयी - ६

नेपाल विजयी - १

 

२००४ एसीसी ट्रफी पाँचौ स्थान प्लेअफ

नेपाल १४७ (४८.२ ओभर)  अफगानिस्तान १०० (४१.२ ओभर)

नेपाल ४७ रनले विजयी

 

२००६ एसीसी ट्रफी तेस्रो स्थान प्लेअफ फाइनल

अफगानिस्तान २७०/८ ५० ओभर  नेपाल ११५/ ३७.४ ओभर

अफगानिस्तान डिएलमा ६४ रनले विजयी

 

 

२००८ आइसी डब्लुसिएल डिभिजन ५ सेमिफाइनल

अफगानिस्तान १४२ -४९.३ ओभर नेपाल १०५ -४५.५ ओभर

अफगानिस्तान ३७ रनले विजयी

 

२००८ एसीसी ट्रफी इलाइट तेस्रो स्थान

नेपाल २१०/८ ५० ओभर  नेपाल २१३/७ ४८.२ ओभर

अफगानिस्तान ३ विकेटले विजयी

 

२०१० एसीसी ट्रफी इलाइट फाइनल

अफगानिस्तान २२४ -५० ओभर नेपाल १२९ -४० ओभर

अफगानिस्तान ९५ रनले विजयी

 

२०१३ एसीसी इएमर्जिङ कप

अफगानिस्तान १६९/९ -५० ओभर नेपाल १५७ -४५.३ अफगानिस्तान डिएलमा ३ रनले विजयी

 

२०१४ एसीसी प्रिमियर लिग

नेपाल १२८/९ -३२ ओभर अफगानिस्तान २६२ -४९.३ ओभर

अफगानिस्तान डिएलमा १०८ रनले विजयी



नेपाल vs अफगानिस्तान (हेड टु हेड) को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट