PahiloPost

Sep 19, 2018 | ३ असोज २०७५

नेपाल vs हङकङ (हेड टु हेड)


पहिलोपोस्ट

नेपाल vs हङकङ (हेड टु हेड)
फोटो : आइसीसी

काठमाडौं : जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत समूह चरणको अन्तिम खेलमा सोमवार नेपालले हङकङसँग खेल्दैछ। यसअघि लगातार ३ खेल हारेको नेपाल र ३ मध्ये १ मा जित र २ मा हारे बेहोरेको हङकङबीचको खेल सुपर सिक्समामा पुग्ने तेस्रो टोलीका लागि निर्णायक मानिएको छ।

घरेलु टोली जिम्बावे र स्कटल्याण्ड लगातार ३ खेल जित्दै यसअघि नै सुपर सिक्समा पुगिसकेका छन्। समूह चरणका सबै चार खेल खेलेको अफगानिस्तानले एक जितबाट २ अंक जोडेको छ र तेस्रो स्थानमा छ। यदि हङकङले नेपाललाई पराजित गरे हङकङ सुपर सिक्समा पुग्नेछ। नेपालले सामान्य अन्तरमा हङकङलाई हराएको त्यसको फाइदा अफगानिस्ताननलाई हुनेछ र रनरेटमा अफगानिस्तान अगाडि रहँदै सुपर सिक्समा पुग्नेछ।

नेपालले भने हङकङलाई ठूलो अन्तरमा हराएको खण्डमा मात्र सुपर सिक्समा स्थान बनाउन सक्नेछ। तर, समूह चरणमा अहिलेसम्म अंकविहीन रहेको नेपालको लागि हङकङलाई ठूलो अन्तरले हराउन पनि चुनौती पूर्ण छ।

नेपाल र हङकङले पछिल्लो पटक वर्ल्ड क्रिकेट लिग च्याम्पियनसीपमा खेलेका थिए। जसमा पहिलो खेल हङकङले जितेको थियो भने दोस्रो खेल वर्षाका कारण रद्ध भएको थियो।

चार वर्ष अघि वर्ल्डकप क्वालिफायरमै भएको भेटमा भने हङकङ १० विकेटले वजयी भएको थियो।

 

नेपाल भर्सेस हङकङ हेड टु हेड

कुल खेल ११

नेपाल विजयी ६

हङकङ विजयी ५

 

१९९६ एसीसी ट्रफी इलाइट

नेपाल १३७ -४९ ओभर  हङकङ १३९/४ -३३.३ ओभर

हङकङ ६ विकेटले विजयी

 

१९९८ एसीसी ट्रफी इलाइट

नेपाल १५० -३८ ओभर  हङकङ १५४/४ -२८.१ ओभर

हङकङ ६ विकेटले विजयी

 

२००० एसीसी ट्रफी इलाइट

हङकङ २६८/३ -५० ओभर  नेपाल ८९ रनमै अलआउट २४ ओभर

हङकङ १७९ रनले विजयी

 

२००६ एसीसी ट्रफी इलाइट

नेपाल २११/७ -५० ओभर  -१२४ ४३.३ ओभर

नेपाल ८७ रनले विजयी

 

२००८ एसीसी ट्रफी इलाइट

नेपाल २४५/७ -५० ओभर  हङकङ २०१/९ -५०ओभर

नेपाल ४४ रनले विजयी

 

२०१० एसीसी ट्रफी इलाइट

नेपाल २३६/७ -५० ओभर  हङकङ ११८ -३३.४ ओभर

नेपाल ११८ रनले विजयी

 

२०१२ एसीसी ट्रफी इलाइट

नेपाल २२५/५ ५० ओभर, हङकङ १०० -३७ ओभर

नेपाल १२५ रनले विजयी

 

२०१४ एसीसी प्रिमियर लिग

हङकङ १८१ -४१.५ नेपाल १४७/३ -३४.१

नेपाल डिएलमा ७ विकेटले विजयी

 

२०१४ वर्ल्डकप क्वालिफायर

नेपाल १५० -४९.३ ओभर हङकङ १५४ -३३.२ ओभर

हङकङ १० विकेटले विजयी

 

२०१७ एसीसी इमर्जिङ कप

हङकङ २१४ -५० ओभर नेपाल २२०/३ -४४.२ ओभर

नेपाल ७ विकेटले विजयी

 

२०१७ डब्लुसिएल

हङकङ १९४ -५० ओभर नेपाल १११ -३४.५ ओभर

हङकङ ८३ रनले विजयी

 



नेपाल vs हङकङ (हेड टु हेड) को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट