PahiloPost

Jun 24, 2018 | १० असार २०७५

वर्ल्डकप क्वालिफायर : नेपाल vs पपुवा न्यू गिनी (हेड टु हेड)


पहिलोपोस्ट /पहिलोपोस्ट

वर्ल्डकप क्वालिफायर : नेपाल vs पपुवा न्यू गिनी (हेड टु हेड)
फाइल फोटो : इएसपिएन

काठमाडौं : जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्डकप क्वालिफायरको समूह चरणका खेलहरु सकिएका छन्। सुपर सिक्स पुग्ने ६ वटै टिमको छिनोफानो भइसकेको छ भने बाँकी ६ टोलीले सातौँ देखि दशौँ स्थासम्मका लागि प्लेअफ खेल्नेछन्।

सुपर सिक्स पुग्न असफल नेपालले क्रस प्लेअफमा समूह ए को पाँचौ स्थानमा रहेको पपुवा न्यू गिनीसँग बिहीवार खेल्नेछ।

समूह बी मा एक खेल जित्दै अफगानिस्तान र हङकङसमान २ अंक जोडेको नेपाल रनरेटका कारण अफगानिस्तान भन्दा पछि चदथो स्थानमा रहेको थियो। उता पपुवा न्यू गिनीले भने समूहमा सबै खेल हारेको थियो।

यस्तै अर्को प्लेअफमा हङकङले नेदरल्याण्ड्ससँग खेल्नेछ।

यी दुई क्रस प्लेअफको विजेताले सातौँ स्थानको लागि प्लेअफ खेल्नेछन् भने पराजित हुने टोलीले नवौँ स्थानको लागि प्रतिस्पर्धा गर्नेछन्।

नेपाल, हङकङ र पपुवा न्यू गिनी मध्ये एक टोलीले वान डे इनुटरनेशनल स्ट्याटस पाउनेछन् बाँकी दुई टोली डिभिजन टू मा झर्नेछन्।

यदी नेपालले पपुवा न्यूगिनीलाई पराजित गर्ने र नेदरल्याण्ड्सले हङकङलाई पनि परfजित गरेको खण्डमा नेपालले वान डे इन्टरनेशनल स्ट्याटस हात पार्नेछ। नेपाल र हङकङ विजयी भएका भने यी दुई बीच सातौँ स्थानको लागि पल्अफ खेल हुनेछ र त्यसमा विजयी हुनेले वान डे इन्टरनेशनल स्ट्याटस पाउनेछ।

नेपाल पपुवा न्यू गिनीसँग नै पराजित भएमा भने डिभिजन टू मा झर्नेछ।

 

नेपाल vs पपुवा न्यू गिनी (हेड टु हेड)

नेपाल र पपुवा न्यू गिनीले अहिलेसम्म एकआपसमा २ खेल मात्र खेलेका छन्। सन् २०१५-१७ को वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत दोस्रो चरणमा यी दुई टोलीबीच दुई खेल भएइको थियो। प्रतिस्पर्धात्मक बनेको दुवै खेलमा पपुवा न्यू गिनीले नेपाललाई पराजित गरेको थियो।

 

२०१५ वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप

नेपाल २३२/८ (५० ओभर) - पपुवा न्यू गिनी २३५/८ (४९.३ ओभर)

पपुवा न्यू गिनी २ विकेटले विजयी

 

२०१५ वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप

नेपाल २२४/८ (५० ओभर) - पपुवा न्यू गिनी २२५/७ (४९.४ ओभर)

पपुवा न्यू गिनी ३ विकेटले विजयी

 



वर्ल्डकप क्वालिफायर : नेपाल vs पपुवा न्यू गिनी (हेड टु हेड) को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट