PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सभासद् शाहको 'इन्गेजमेन्ट'



सभासद् शाहको 'इन्गेजमेन्ट'
मिनाक्षीका साथमा सभासद् अभिषेक प्रताप शाह। फोटोः रोशन खड्का।

काठमाडौं : मधेसी जनाधिकार फोरम नेपालका युवा सभासद् अभिषेक प्रताप शाहले 'इन्गेजमेन्ट' गरेका छन्।

सभासद् शाहको भारतको छत्तिसगढकी मिनाक्षी सिंहसँग इन्गेजमेन्ट भएको हो। इन्गेजमेन्ट भएपनि विवाहको मिति भने तय भइनसकेको पारिवारिक श्रोतले बतायो।

भारतमा रहेकी दिदीले मिनाक्षीसँग शाहको सम्बन्धको कुराकानी अगाडि बढाएकी थिइन्। सभासद् शाहको दुई साता अघि भारतमै इन्गजेमेन्ट भएको हो।

सभासद् शाहका पिता रागेन्द्र प्रताप शाह पूर्वसांसद हुन्। शाह कपिलवस्तु ५ बाट प्रत्यक्ष निर्वाचित सभासद् हुन्।

मिनाक्षीलाई औँठी लगाइदिँदै सभासद् शाह।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell