PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

काश्मिरमा हिमपहिरोमा दश सैनिक बेपत्ता



श्रीनगर (काश्मिर) : भारत प्रशासित काश्मिरी इलाकाको हिमाली क्षेत्रमा बुधबार गएको हिमपहिरोमा परी १० जना सैनिक बेपत्ता भएको भारतीय सैनिक प्रवक्ताले बताएका छन्।
 
भारत–पाकिस्तान सीमा नजिकै जम्मु–काश्मिर क्षेत्रको सियाचिन हिमनदी नजिकै पाँच हजार ८०० मिटर उचाईमा गस्ती गर्ने क्रममा बुधकार बिहान आएको हिमपहिरोमा १० जना सैनिक अधिकारी परी वेपत्ता भएको कोलोनेल एस.डी. गोश्वामीले सञ्चारमाध्यमलाई बताए।
 
उनले हवाई तथा थल सैन्य उद्धार टोलीलाई हिमपहिरोमा परेका सैनिकको उद्धारमा खटाएको बताए।
सो सियाचिन इलाका भारत–पाकिस्तानबीच उच्च तनाव रहेको क्षेत्र हो।
 
सन् २०१५ को जनवरीमा पनि उक्त क्षेत्रमा हिमपहिरोमा परी चार सैनिक तथा चार अन्य नागरिकको   मृत्यु भएको थियो।
 
उक्त क्षेत्रमा सन् १९८४ पछि अहिलेसम्म हिमपहिरो, हिउँको चिसोमा परी तथा लेक लागि करिब आठ    हजार मानिसको ज्यान गएको विभिन्न अध्ययनले देखाएको छ। रासस/एएफपी/पीटीआई



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell