PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

​ह्याप्पी वर्थ डे करिश्मा



​ह्याप्पी वर्थ डे करिश्मा

  • पहिलोपोस्ट -
काठमाडौं : अभिनेत्री एवं निर्मात्री करिश्मा मानन्धर आज जन्मदिन मनाउँदैछिन्। आगामी वर्ष राम्रो कन्टेन्टमा सिनेमा निर्देशन गर्ने करिश्मा कथन छ।
 
सन् १९७१ मा ललितपुरमा जन्मिएकी सुन्दरी अभिनेत्रीले २०४२ सालमा सिनेमा सन्तानबाट अभिनय करियरमा डेब्यु गरेकी थिइन्। उनको पहिलो अनस्क्रिन पेयरिङ भुवन केसी थिए।
 
आउँदो फागुन ७ गते रिलिज हुने सिनेमा फागुकी निर्मात्री समेत हुन् उनी। गत साता पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको नयाँ दल नयाँ शक्तिमार्फत् राजनीति ज्वाइन गरेकी करिश्माले अभिनय र राजनीतिलाई सँगै अगाडि बढाउने बताएकी छिन्।
 
मिडियासँग कुरा गर्दै करिश्माले आउँदो वर्ष आफ्ना लागि महत्वपूर्ण हुने बताइन्। राम्रो कन्टेन्टमा सिनेमा निर्देशन गर्ने योजना उनको छ। करिश्मालाई हाम्रो तर्फबाट जन्मदिनको शुभकामना।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell