PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​नेपाली फिल्म खिच्न दुबइले दियो अनुमति



​नेपाली फिल्म खिच्न दुबइले दियो अनुमति

  • पहिलोपोस्ट -
काठमाडौं : नेपाली सिनेमाले पहिलोपटक दुबइमा वैधानिक रुपमा छायांकनको अनुमति पाएको छ। यूएइ सरकारको अनुमतिमा पहिलोपटक फिल्म द विनर छायांकन हुन लागेको हो।
 
दुबइ फिल्म कमिसनले अनुमति दिएपछि अब उक्त सिनेमाको दुई गीत र केही दृश्य सहरमा छायांकन हुनेछ। स्थापित रङ संयोजक सुदीप श्रेष्ठको कम्पनी फिल प्रोडक्सन एलएलसीले अनुमति प्राप्त गरेको हो।
 
उनी उक्त फिल्मका लाइन प्रोड्युसर पनि हुन्। ‘अनुमति लिएर मध्यपूर्वमा सुटिङ हुने यो पहिलो फिल्म हुनेछ,’ श्रेष्ठले भने। उनका अनुसार अनुमति लिन कूल २८ दिनको प्रक्रिया लागेको थियो।
 
‘उनीहरु छक्क परे र हाम्रो फिल्मबारे चासो राखे,’ सुदीपले भने, ‘हामीलाई यसले उत्साह थपेको छ।’ यसअघि सुदीपकै कम्पनीले युएइमा महिनैपिच्छे फिल्म रिलिजको निर्णय गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell