PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सभापति पदका लागि रामचन्द्र पौडेलका १३ तर्क



सभापति पदका लागि रामचन्द्र पौडेलका १३ तर्क

  • पहिलोपोस्ट -
काठमाडौं : नेपाली कांग्रेसको १३ औं माहाधिवेशन नजिकिँदै गर्दा सभापति पदमा उमेद्वारी घोषणा गर्नेको संख्या चार पुगेको छ। वर्तमान सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल र केन्द्रीय सदस्य तथा गिरिजाप्रसाद कोइराला सुपुत्री सुजाता कोइरालाले सभापति पदमा उम्द्वारी दिने घोषणा गरिसकेका छन्। वर्तमान सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाले कार्यकर्तासँग भेटेर भोट मागिरहेका छन् भने उपसभापति पौडेल र केन्द्रीय सदस्य कोइरालाले अफ्नो फेसबुकको प्रयोग गरेर भोट मागिरहेका छन्।

कोइरालाले आफ्नो फेसबुकमा उम्मेद्वारी बारेका आएका समाचार शेयर गरेर उम्मेद्वारीको प्रचार गरिरहेकी छन्। उपसभापति पौडेलले फेसबुकबाट नै चन्दा माग्नेदेखि उम्द्वारीको औचित्य प्रस्ट्याउनेसम्मका काम गरिरहेका छन्।

पौडेलको कांग्रेस सभापतिमा उम्मेद्वारी किन? उनले फेसबुकमा सार्वजनिक गरेका १३ कारण यस्ता छन् :
मेरो पार्टी सभापतिमा उम्मेद्बारी किन ?
  1. नेपाली काग्रेस लाई सैद्धान्तिक हिसाबले समाजवादी बाटोमा अगाडि बढाउन !
  2. नेपाली काग्रेस लाई ६० % र ४० % को भगवन्डाबाट मुक्त गरी पार्टीलाई एकढिक्का बनाइराख्न !
  3. नेपाली काग्रेस पार्टीलाई युवा पुस्तामा हस्तान्तरन गर्नका लागि !
  4. नेपाली काग्रेस पार्टीलाई २१ औ शताब्दीको हाक अनुसार सुसन्चालन गर्नका लागि !
  5.  नेपाली काग्रेस पार्टी को गिर्दो साखलाई बढाउनका लागि !
  6.  हिमाल, पहाड र तराइ मधेसलाई एकता सुत्रमा बाध्नका लागि !
  7.  युवाहरुलाई नेपाली कांग्रेस पार्टीप्रति आकर्शित गर्नका लागि !
  8.  संघीय गणराज्य नेपालको भविष्य सुनिश्चित गर्नका लागि !
  9.  नेपाली कांग्रेस पार्टीलाई विचार को आधारमा अगाडि बढाउनका लागि !
  10.  नेपाली कांग्रेस पार्टीलाई चरम आतिवाद र हाटहुटेपनबाट बचाउनका लागि !
  11.  नेपाली काग्रेस पार्टीलाई विकासवादी र अग्रगामी सोचका साथ अगाडि बढाउनका लागि !
  12. नेपाली कांग्रेस पार्टीलाई कार्यकर्ताको मुल्याङ्कनका आधारमा पुरष्कृत र दण्डित गर्ने संस्कार को विकास गर्नका लागि !
  13.  नेपाली कांग्रेस पार्टीको पुरानो साख जोगाउँदै नव नेपालको निर्माणमा नेतृत्वदायी भूमिका सुनिस्चित गर्नका लागि !
 

रामचन्द्र पौडेल किन?

Posted by Ramchandra Paudel on Sunday, January 31, 2016



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell