PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

लाखौंको पेट्रोल-डिजेल ड्रममा भेटियो



लाखौंको पेट्रोल-डिजेल ड्रममा भेटियो
पर्साको ठोरीमा तस्करी गर्न राखिएको डिजेलको फाइल फोटो

लहान : प्रहरीले सिरहा सदरमुकामको विभिन्न स्थानबाट बेवारिसे अवस्थामा रहेको लाखौँ मूल्य बराबरको इन्धन बरामद गरेको छ।
 
जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले हिजो विभिन्न स्थानबाट रु दुई लाखभन्दा बढी मूल्य बराबरको पेट्रोल, मट्टीतेल र डिजेल बरामद गरेको हो।
 
सिरहा नगरपालिकाको वडा नं ३ र ७ बाट ५८ वटा ड्रममा रहेको दुई हजार ५९५ लिटर पेट्रोल, २४० लिटर मट्टीतेल र छवटा ड्रममा रहेको ३०० लिटर डिजेल बरामद गरेको जिप्रकाले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell