PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​सप्तरीमा बम विस्फोट गराउने यादव पक्राउ



​सप्तरीमा बम विस्फोट गराउने यादव पक्राउ

सप्तरी : विभिन्न आपराधिक घटनामा संलग्न रहेको भन्दै प्रहरीले एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
 
पक्राउ पर्नेमा जिल्लाको फर्सेठ गाविस–३ निवासी सुरेन्द्रकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
 
यादवले राजविराज नगरपालिका–५ निवासी महेशनाथ शर्मा लुइँटेललाई भारतीय मोबाइल नम्बरबाट आफू भगतसिंह पार्टीको कार्यकर्ता रहेको भन्दै रु ५० लाख फिरोती माग गरेको र मागेजति रकम नदिएपछि गत माघ १९ गते राति लुइँटेलको घरमा बम विस्फोट गराएको प्रहरी निरीक्षक सुरज खड्काले बताए।
 
त्यस्तै यादवले गत माघ १ गते सप्तरीको कञ्चनरुप नगरपालिका–१ बस्ने उपेन्द्रप्रसाद साहलाई समेत भारतीय नम्बरबाट फोन गरी रु १० लाख २४ घन्टाभित्र फिरौती माग गरेको र नदिएपछि गत माघ २ गते साँझ साहको घरमा बम विस्फोट गराएको प्रहरी बताएको छ।
 
पक्राउ परेका यादव अपहरण लुटपाट र विभिन्न आपराधिक क्रियाकलापमा संग्लन देखिएकाले उनीविरुद्ध मुद्दा चलाउने तयारी गरिनुका साथै थप अनुसन्धान भइरहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell