PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​सुन तोलाको ५२ हजार पुग्यो



​सुन तोलाको ५२ हजार पुग्यो

काठमाडौं : सुनको भाऊ बढेर पुन: ५२ हजार रुपैयाँ पुगेको छ। बिहीबार भाऊ ३ सय रुपैयाँ महँगिँदा तोलाको मूल्यले ५२ हजार छोएको हो।
हिजो पनि तोलामा दुई सय रुपैयाँ बढेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलाको ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुनको भाऊ तोलाको ५१ हजार सात सय रुपैयाँ पुगेको थियो।

सुनको भाऊसगैँ चाँदीको भाऊ पनि दश रुपैयाँले बढेको छ। महासंघका अनुसार चाँदीको भाउ तोलाको सात सय रुपैयाँमा किनबेच भइरहेको छ। बुधबार चाँदीको भाउ तोलाको ६ सय ९० रुपैयाँ पुगेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell