PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​जोशीको राजिनामापछि के हुन्छ सुरुङ मार्ग ?



​जोशीको राजिनामापछि के हुन्छ सुरुङ मार्ग ?

काठमाडौं : भौतिक आक्रमण गर्ने धम्की दिएपछि काठमाडौं–हेटौंडा सुरुङ मार्ग परियोजना (एनपिविसिएल) का अध्यक्षले राजीनामा दिएको कम्पनीले जनाएको छ। कम्पनीका अध्यक्ष कुश कुमार जोशीले गत आइतबार राजीनामा दिएका थिए।
 
कम्पनीकै केही व्यक्तिले नियतवस अध्यक्षको विरुद्धमा कार्यालय घेराउ गर्ने, हुलदंगा गर्ने, धम्क्याउने र भौतिक आक्रमण गर्नेसम्मको निकृष्ट कार्य गरेपछि राजीनामा दिएको कम्पनीका कर्पोरेट प्रमुख प्रा डा शुवर्णलाल बज्राचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
 
सेयरधनी तथा बोर्ड सदस्य सभासद सुभासचन्द्र ठकुरी र कम्पनीमा कुनै पनि लगानी नरहेका विज्ञ संचालक तथा उपाध्यक्षका रुपमा बोर्डबाट नियुक्ति पाएका लालकृष्ण केसीले एरिया कोअर्डिनेटर राजुमान महर्जनलाई अघि सारेर अध्यक्ष विरुद्धको गतितिविधि गराएको विज्ञप्तिमा उल्लेख छ।
 
परियोजना बनाउने सन्दर्भमा केही विशेष कारणहरुले गर्दा ढिलाइ भएको भए पनि परियोजना सम्पन्न गर्ने गरी कम्पनी अघि बढिरहेको हुँदा भ्रममा नपर्न लगानीकर्ता तथा सम्बद्ध सरोकारवाला पक्षहरुलाई आग्रह गरिएको छ।
 
राजीनामाको विषयमा निर्णय गर्न माघ २७ गते संचालक समितिको बैठक बोलाइएको जानकारी पनि कम्पनीले दिएको छ। सुरुङ्गमार्ग परियोजना निर्माण सम्पन्न गर्न कम्पनीका सबै मुख्य लगानीकर्ताहरु एकमत रहेको हुँदा कोही पनि लगानीकर्तालाई विचलित नहुन कम्पनीले आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell