PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

​झडपमा तीन सैनिकको मृत्यु



मनिला : दक्षिणी फिलिपिन्सको कोम्पोस्टेला प्रान्तमा बामपन्थी समूह न्यु पिपुल्स् आर्मी (एपीए) र सैनिकबीच भएको झडपमा तीन सैनिकको मृत्यु भएको समाचार छ।
 
स्थानीय सञ्चारमाध्यमले बिहीबार सो जानकारी दिएको बताइएको छ। सो स्थानमा यसअघि पनि भिडन्त भएर केही सरकारी सुरक्षाकर्मीको ज्यान गएको थियो।
 
दक्षिणी फिलिपिन्सको टिबागोन गाउँमा करिब ६० जना विद्रोहीसँग सैनिकको ३० मिनेटसम्म भएको झडपमा दुई सैनिकको मृत्यु हनुको साथै अन्य दुई घाइते भएका छन्।
 
त्यसैगरी नापनापान गाउँमा करिब १० विद्रोहीले गरेको गोली प्रहारमा एक सैनिकको मृत्यु भएको बताइएको छ।
 
सशस्त्र कम्युनिस्ट पार्टीसँग आवद्ध एपीएले फिलिसिन्समा सरकारविरुद्ध आन्दोलन चलाएको चार दशक पूरा भइसकेको छ। रासस/एपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell