PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

​ड्रोग्बा र मेसीले नेपाली मोमो खाएको रेस्टुरेन्ट कुन?



​ड्रोग्बा र मेसीले नेपाली मोमो खाएको रेस्टुरेन्ट कुन?

  • पहिलोपोस्ट-
काठमाडौँ : तीन साताअघि रिलिज भएको टर्किस एयरलाइन्सको एउटा भिडियो विज्ञापनमा चेल्सीका फरवार्ड डिडियर ड्रोग्बा र बार्सिलोनाका सुपरस्टार लायोनेल मेसी मोमो खान नेपाल आएको देखाइएको थियो।
 
छोटो समयमै नेपालका साथै विश्वभर लोकप्रिय भएको यो विज्ञापन हेरेपछि धेरैले जिज्ञासा राखेका थिए, उनीहरुले नेपाली खानाका रुपमा मोमो खाएको रेस्टुरेन्ट कुन हो ? के उनीहरु साँच्चिकै नेपाल आएका थिए?
 
होइन, उनीहरु नेपाल आएका थिएनन्।
 
'हामी उहाँहरुलाई विश्वभर घुमाउन चाहन्थ्यौँ तर', टर्किस एयरलाइन्सले सार्वजनिक गरेको पर्दापछाडिको भिडियोमा विज्ञापनका कार्यकारी निर्माता रब स्टेइनरले भनेका छन्, 'उहाँहरु व्यस्त भएको हुनाले हामीले नै उहाँहरु अगाडि विश्व ल्याइदिनु पर्‍यो।'
 
विज्ञापनमा नेपालको रेस्टुरेन्ट भनी देखाइएको ठाउँको भित्तामा रेस्टुरेन्ट मालिकले मेसीसित हात मिलाएको फोटो राखेको देखिन्छ। यो फोटो स्पेनको बार्सिलोनास्थित स्टुडियोमा गएको अगस्त २७ मा खिचिएको हो।
 
हरियो रङ्गको पृष्ठभूमिमा मेसीले हात मिलाउँदै गरेको दृश्य खिचेर पछि पछाडिका दृश्यलाई हटाएर हात मिलाउने व्यक्ति नेपाली पहिरनको राखिएको थियो।
 
भनेपछि मेसी नेपाल आउने कुरै भएन। मेसीले बिहाइन्ड द सिन भिडियोमा भनेका छन्, म विश्वभरका खानाहरु रुचाइरहेको छु। मेसीका नेपाली फ्यानहरुले यत्तिकैमा चित्त बुझाउनु पर्ने भयो।
 

त्यसो भए ड्रोग्बा नि ?

 
मेसी त रेस्टुरेन्टको भित्तामा फोटोमा मात्र झुण्डिएका थिए। ड्रोग्बा त नेपाली रेस्टुरेन्टमा बसेको, नमस्ते गरेको, उनको अगाडि मोमो पस्किएको पनि देखाइएको थियो। उनी चाहिँ नेपाल आएका हुन् ?
 
अहँ, उनी पनि आएका हैनन्। उनको यो दृश्यको सुटिङ बेलायतको लन्डनमा गएको सेप्टेम्बर १९ मा गरिएको थियो।
 
पूर्वी लन्डनको एउटा सेटलाई नै काठमाडौँको रेस्टुरेन्टको रुप दिइएको थियो। नेपाली पहिरन लगाएर त्यहाँ ग्राहकहरु बसेका थिए।
 
सेटको एउटा भागमा काठमाडौँ र साइबेरिया अनि अर्को भागमा जापान, इस्तानबुल र जहाजभित्रको दृश्य बनाएर खिचिएको सहायक निर्देशक क्रिस केलीले बताएका छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell