PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

​फोटो नराम्रो आउँछ भनेर चिन्ता लाग्छ? सेल्फी खिच्नुस्



​फोटो नराम्रो आउँछ भनेर चिन्ता  लाग्छ? सेल्फी खिच्नुस्

संसारभरी अहिले 'सेल्फी' खिच्ने जमात बढेको बढ्यै छ। विशेषगरी स्मार्ट फोनहरुले हाइ-क्वालिटी क्यामेरा फोनमै बनाउन थालेपछि सेल्फी क्रेज बढ्दो छ।

सेल्फी जमातमा युवा पुस्ता धेरै अगाडि छ। तर संसारमा सेल्फी नखिच्नेहरु पनि प्रशस्तै छन्। अझ कतिलाई त सेल्फी भनेको थाहा पनि छैन।

वाल स्ट्रीट जर्नलको 'आस्क अरिली'सेक्सनमा डन अरिलीलाई विभिन्न मान्छेहरुले सेल्फीका बारेमा सोधेका छन्। उनले ती प्रश्नहरुको जवाफ दिने क्रममा सेल्फी किन खिचिन्छ, यसले के गर्छ भन्ने प्रष्ट पारेका छन्।

आयलेटको प्रश्न छः म देखिरहेको छु, धेरै मान्छेहरु सेल्फी खिचिरहेका छन्। अझ कतिले त राम्रो सेल्फी खिच्नका लागि विशेष प्रकारको फोन 'होल्डर' बोकेरै हिँडेका छन्। म यो सेल्फी उमेर समूहमा छैन र मलाई यो अलि अनौठो र अप्ठेरोजस्तो पनि लाग्छ। यो नयाँ पुस्ताले किन पुरानै धारणा अनुसार फोटो नखिचेका होलान्?

यसको जवाफमा अरिली लेख्छन्, यो सेल्फी 'फेनोमेनन्'अलि जटिल छ तर यसका महत्वपूर्ण केही कुरा छन्। हाम्रा केही विशेष क्षणलाई क्यामेरामा कैद गर्न र आफ्नामाझ शेयर गर्न नै सेल्फी खिचिन्छ।

यदि हामी कुनै विशेष क्षण कैद गर्न चाहन्छौं र त्यसको लागि कोही अर्को व्यक्तिलाई फोटो खिच्न भन्छौं भने त्यसमा हामीले त्यो 'इमोसन' गुमाउँछौं। जस्तो, अर्को व्यक्तिले फोटो खिचिदिँदा फोटो खिच्नैका लागि हामी बनावटी रुपमा हाँस्नुपर्‍यो, क्यामेरा क्लिक हुन्जेल पर्खिनुपर्‍यो र बल्ल पुनः पहिलाको अवस्थामा फर्किनुपर्‍यो।
 
यो समस्याको समाधान सेल्फीले गर्छ किनकी यसमा हामी सोही क्षण कैद गर्न सक्छौं। अझ सेल्फीले त यो विशेष क्षणलाई अझ विशेष बनाउँछ किनकी सेल्फीका लागि हामी एकअर्कासँग अझ नजिक हुनुपर्छ, सँगै स्क्रीनमा हेर्नुपर्छ। यसले भावनात्मक रुपमा पनि एक गराउँछ।
 
उनले सेल्फीलाई आफैसँगको सञ्चार पनि भनेका छन्। सेल्फीका माध्यमबाट हरेक मान्छे क्यामेराका माध्यमबाट आफुसँग साक्षात्कार हुन्छ। अनेक पोजमा, कहिले आँखा झिम्क्याउँदै, नाक खुम्च्याउँदै, वा चुम्बन दिन लागेको मुखाकृति बनाउँदै उ क्यामेरासँग कुरा गरिरहेको हुन्छ। यो ज्यादै महत्वपूर्ण कुरा हो। सेल्फीले व्यक्तिको जुन चित्र, जुन भावना कैद गर्छ त्यो कोही दोस्रो व्यक्तिले खिचेको तस्बिरमा पाइँदैन।

सेल्फीको बारेमा अज चाखलाग्दो कुरो अर्को छ। प्रायः सबैको एउटै चिन्ता हुन्छ कि फोटो खिच्दा म राम्रो देखिइनँ, यो फोटो नै राम्रो भएन। क्यामेरामा कैद हुँदाको समय म कता हेर्ने, कस्तो देखिन्छु, फोटो कस्तो आउला भनेर चिन्ता गर्नेहरुका लागि पनि यो समाधान हो। यसमा केही चिन्ता नगरे हुन्छ किनकी सेल्फीमा प्रायः सबैको फोटो उस्तै नराम्रो हुन्छ। 

अनि अर्को महत्वपूर्ण कुरा सेल्फीको समयमा भाषा (इमोसन) र कतिबेला खिच्ने भन्ने हो। जब हामी सबै अप्ठेरोगरी, अप्ठेरो एंगलबाट क्यामेरामा सँगै हेर्छौ र यसलाई कुनै नाम दिन्छौं यो सामाजिक रुपमै स्वीकार भइसकेको छ, त्योबेला जस्तोसुकै खराब फोटो किन नआओस्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell