PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बढी यात्रु चढाउने बस चालकलाई मुद्दा चलाएपछि भएको सुर्खेत बन्द खुल्यो



बढी यात्रु चढाउने बस चालकलाई मुद्दा चलाएपछि भएको सुर्खेत बन्द खुल्यो

  • विनोद शाही-
सुर्खेत : तीनदेखि बन्द रहेको सुर्खेतको यातायात शनिबार दिउँसोदेखि खुलेको छ। क्षमताभन्दा बढी यात्रु चढाएका ३५ वटा यात्रुवाहक सवारी साधन नियन्त्रणमा लिई चालकहरुविरुद्ध सार्वजनिक मुद्दा दर्ता गरेपछि यातायात मजदुरहरुले बुधबारदेखि यातायात बन्द गरेका थिए।
 
शनिबार सुर्खेत उद्योग वाणिज्य संघको पहलमा स्थानीय प्रशासन र बन्दकर्ताहरुबीच भएको छलफलपछि बन्द खुलाएको हो।

छलफलमा चार बुँदे सहमति भएको छ। सवारी चालकहरुविरुद्ध दर्ता भई अनुसन्धानका क्रममा रहेको मुद्दाको अनुसन्धान पूरा गरी आइतबार(भोलि) जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्ने, एक हप्ताभित्र प्रशासन र याताया व्यवसायी तथा यातायात मजदुरहरुबीच देखिएका समस्या समाधानका लागि पुनः छलफल गर्ने, तीन दिनदेखिको यातायात बन्द शनिबारदेखि नै फिर्ता लिने र आइतबार भएको बस दुर्घटनामा परी मृत्यु भएकाहरुप्रति श्रदाञ्जली व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गर्ने सहमति भएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell