PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

रंगशालामा नभए पनि पाँचतारे होटलको कार्यक्रममा कपिलले के भने, भिडियोमा हेर्नुस्



रंगशालामा नभए पनि पाँचतारे होटलको कार्यक्रममा कपिलले के भने, भिडियोमा हेर्नुस्

  • पहिलोपोस्ट-
काठमाडौँ : दशरथ रंगशालामा हुने सो रद्द भए पनि नेपाल आएका भारतीय कमेडियन कपिल शर्मा आज पशुपतिनाथको भ्रमण पछि स्वदेश फर्कँदैछन्। 

सो क्यान्सिल भएकोमा दुःख भए पनि नागरिकको सुरक्षा प्रमुख भएको भन्दै पुनः कार्यक्रम लिएर नेपाल आउने उनले हिजो याक एन्ड यतिमा भएको भेटघाटमा बताए।

कपिलसित होटलमा दुई कार्यक्रम भएका थिए- एउटा पत्रकारसित, अर्को एनसेलका कर्मचारी र कर्पोरेट जगतसितको अन्तर्क्रिया।
 
के भने कपिलले ? हेर्नुस् भिडियो-

​ 

'छ वर्ष पहिले पनि आएको थिएँ'

निर्धारित समयभन्दा दुई घण्टा ढिला उपस्थित भएर पत्रकारहरुसित गरेको कुराकानीमा कपिलले आफू छ वर्षअघि पनि एउटा कर्पोरेट कार्यक्रमका लागि नेपाल आएको बताए। सार्वजनिक कार्यक्रमका लागि उनी पहिलो पटक आएका थिए। 

'म जुन कामका लागि आएको थिएँ, त्यही काम नहुने भयो। यो दुःखद् हो। मान्छेहरुलाई भेट्ने यो भन्दा ठूलो अर्को मौका हुँदैनथ्यो। काठमाडौं मलाई मनपर्ने ठाउँ हो। यहाँ आएपछि एकदुई दिन नबसी जान मन लाग्दैन। पहिला पनि एकपटक आएको थिएँ।'

पत्रकारले अंग्रेजीमा प्रश्न सोधिरहेका थिए तर कपिल हिन्दीमा जवाफ दिइरहेका थिए। यसबारे एक पत्रकारले जिज्ञासा राख्दा उनले भने, 'मेरो अंग्रेजी सुन्ने? म त लन्डनमा समेत हिन्दी बोलेर आएको मान्छे। म मोदी साहबलाई निकै फलो गर्ने मान्छे हुँ।' 

कस्ता कार्यक्रम मन पर्छ? उनले भने, 'राजनीतिक कुरा इन्जोइ गर्दिन। तर हेर्छु। समाचार कार्यक्रम सबै हेर्छु।

आफ्नो लोकप्रियताबारे कपिलले स्पष्ट पारे, 'मान्छे मारेर पनि पपुलर हुन सकिन्छ तर कमेडी यस्तो क्षेत्र हो मान्छेहरुको खुब माया पाइन्छ।'
 
सुरक्षाका कारण कार्यक्रम स्थगित भएकोबारे उनले भने, 'मैले पनि यही सुनेँ कि कार्यक्रम स्थलमा रिनोभेसन भैरहेको छ। मान्छेको सुरक्षा महत्वपूर्ण कुरा हो। '

सगरमाथा विवादबारे

सगरमाथा घरमै छ भन्दै विवादमा परेको बारे उनले भने, 'मैले सगरमाथा मेरो घरमा छ भनेछु। नेपाल मेरो घर नै हो। अमृतसर पुग्न तीन घण्टा लाग्छ। नेपाल आउन दुई घण्टा।'
 
'यो मेरो लास्ट प्रश्न' भन्दै पत्रकारले सोधिनसिध्याउँदै कपिलले व्यङ्ग्य हानिहाले, 'त्यसपछि के हुनेवाला छ? भगवानले तपाईँलाई लैजान्छन्?'

पत्रकार शिखर घिमिरेले कपिलले कमेडी नाइट्समा सोध्ने शैलीमै प्रश्न राखे, 'नेपालमा कार्यक्रम आयोजना होला, स्थगित होला र ‘शिखर’लाई भेटेने मौका मिल्ला भन्ने कहिल्यै सोच्नुभएको थियो?'

कपिल पनि के कम, उनले भने, 'होइन यस्तो सोचेको त थिइनँ। म खराब चिजबाट टाढै रहन्छु।'
 
भाषाबारे उनले भने, 'हिन्दुस्तानमा विश्वभरका भाषा छन्। म पञ्जाबीलाई उडाउँछु। मान्छेहरु प्यारले लिन्छन्। भाषा र संस्कृतिलाई तुलना गर्दा नै मानिसहरुमा हाँसो उत्पन्न हुन्छ।'

हेर्नुस् पत्रकारहरुसँग अन्तर्क्रियाको भिडियो-
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell