PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

पृथ्वी जयन्तीमा बिदा दिन माग गर्दै राप्रपा नेपालले बुझायो ज्ञापनपत्र



पृथ्वी जयन्तीमा बिदा दिन माग गर्दै राप्रपा नेपालले बुझायो ज्ञापनपत्र

काठमाडौं : राप्रपा नेपालले आइतबार प्रधानमन्त्री सुशील कोइरालालाई पौष २७ गते पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिन माग गर्दै ज्ञापनपत्र बुझाएको छ। अध्यक्ष थापाले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले संसारभर राष्ट्रनिर्मातालाई इज्जत र सम्मान दिएको प्रसंग उल्लेख गर्दै पृथ्वीनारायण शाहलाई सम्मान दिने विषयमा आफु अत्यन्त सकारात्मक रहेको बताए। 

राप्रपा नेपालले पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिन, राष्ट्रिय एकता दिवसलाई पर्वको रुपमा मनाउन र नेपाली नोटमा राष्ट्रनिर्माता श्री ५ पृथ्वीको तस्वीर अंकित गर्ने व्यवस्थाको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो। 

पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीसँग संविधान निर्माणको सम्बन्धमा पनि विस्तृत रुपमा कुराकानी गरेको छ। 

अध्यक्ष थापाले निर्धारित समयभित्र संविधान निर्माण हुनुपर्ने र त्यो संविधानमा नेपाललाई सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र सुनिश्चित हुनु पर्ने आफ्नो पार्टीको अडान प्रधानमन्त्री समक्ष राखेका छन्। थापाले सहमति निर्माणको क्रममा मुलुकको चौथो महत्वपुर्ण राजनीतिक शक्तिलाई निषेध गरिएको बिषयलाई पार्टीले अत्यन्त गम्भिरतापूर्वक लिएको बताएका छन्। 

राप्रपा नेपालले हालै बेलायती राजदुतले धर्म परिवर्तन गर्ने/गराउने अधिकार सुनिश्चित हुनुपर्छ भनि दिएको विवादास्पद अभिव्यक्तिप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ।

प्रधानमन्त्री कोइरालाले बेलायती राजदुतको भनाइ अत्यन्त आपत्तिजनक रहेको उल्लेख  यस सम्बन्धमा परराष्ट्र मन्त्रालय मार्फत जानकारी लिने र आवश्यक परे राजदुतलाई बोलाएरै भएपनि संवेदनशील विषयमा सार्वजनिक रुपमा अभिव्यक्ति नदिन सचेत गराउने बताएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell