PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

एमालेमा महँगो मनोनयन, पोलिटब्युरो सदस्यका लागि चार हजार शुल्क



एमालेमा महँगो मनोनयन, पोलिटब्युरो सदस्यका लागि चार हजार शुल्क

काठमाडौ: नेकपा एमालेको पोलिटब्युरो सदस्यका लागि मनोनयन फाराम दर्ता गर्न चार हजार रुपैयाँ शुल्क तोकिएको छ।  

एमालेको ५४ सदस्यीय पोलिटब्युरो चयनमा किचलो छ। स्थायी समितिका सबै १७ सदस्य स्वत: पोलिटब्युरोमा चयन हुन्छन्। बाँकी २१ सदस्यीय पूर्ण र १६ जना वैकल्पिक पोलिटब्युरो सदस्यका लागि मतदान हुन लागेको हो। 

मतदानका लागि अहिले नोमिनेसन फारम वितरण भइरहेको निर्वाचन समितिका संयोजक सोमनाथ प्यासीले जानकारी दिए। 
 
३ बजेर ४० मिनेटदेखि मतदान सुरु हुने गरी निर्वाचन कार्यक्रम प्रकाशित गरिएको छ।  १ सय १७ केन्द्रीय सदस्यले मतदानमा भाग लिनेछन्। 
 
यसअघि शनिबार पूर्व महासचिव माधवकुमार नेपाल र मुकुन्द न्यौपानेलाई एमालेले स्थायी समितिमा मनोनयन गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell